चार देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
सोमबार, ०९ असार २०८२, १६ : २४
सारांश
- राष्ट्रपति रामचन्द्र पौडेल समक्ष चार देशका राजदूतहरूले ओहोदाको प्रमाणपत्र पेश गरे।
- सोमबार शीतल निवासमा बंगलादेश, दक्षिण अफ्रिका, एंगोला र अर्जेन्टिनाका राजदूतले प्रमाणपत्र बुझाए।
- समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो र राजदूतहरूलाई बग्गीमा सवार गराइएको थियो।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष चार देशका राजदूतहरूले ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।
सोमबार राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित छुट्टाछुट्टै समारोहमा नेपालका लागि बङ्गलादेशका राजदूत मोहम्मद शफिकुर रहमान, नेपालका लागि दक्षिण अफ्रिकाकाका राजदूत अनिल सुकलाल, गणतन्त्र एंगोलाका राजदूत क्लेमेन्ट पेड्रो फ्रान्सिस्को क्यामेन्हा र गणतन्त्र अर्जेन्टिनाका राजदूत मारियानो अगस्टिनले ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् ।
उक्त समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो । नवनियुक्त राजदूतहरूलाई काठमाडौँस्थित होटल डुसिट प्रिन्सेसदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सबार गराइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण