निर्माण सम्पन्न अस्पतालहरूमा चिकित्सकसहित आवश्यक उपकरण उपलब्ध गराइने
सोमबार, ०९ असार २०८२, १६ : ५३
काठमाडौँ । सरकारले आगामी साउन १ गतेदेखि निर्माण सम्पन्न आधारभूत अस्पतालहरूमा चिकित्सकसहित आवश्यक उपकरण उपलब्ध गराउने भएको छ ।
सोमबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदिप पौडेलले आगामी साउनदेखि स्थानीय तहका निर्माण सम्पन्न अस्पतालहरूमा चिकित्सकसहित आवश्यक उपकरणहरू उपलब्ध गराउने बताएका हुन् ।
मन्त्री पौडेलले निर्माणाधीन आधारभूत अस्पतालको सम्पन्नता र निर्माण सुरु नभएका स्थानीय तहमा सुरुवात गर्ने रणनीतिक स्थानको म्यापिङ कार्य भइरहेको समेत बताए ।
चिकित्सकसहित उपकरणहरू नहुँदा सेवा प्रवाहमा देखिएको समस्यालाई केन्द्रमा राख्दै स्वास्थ्य पूर्वाधारको विकासका लागि मन्त्रालयले काम अगाडि बढाएको समेत मन्त्री पौडेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण