अमरेशकुमारको आरोपबारे कानुनमन्त्रीको जवाफ: न्यायाधीशलाई फोन गरेको प्रमाण भए पेस गरे हुन्छ
सारांश
- कानुनमन्त्री अजयकुमार चौरसियाले सांसद अमरेश कुमार सिंहले लगाएको आरोपको खण्डन गर्दै प्रमाण पेश गर्न चुनौती दिए।
- मन्त्री चौरसियाले आफूले न्यायाधीशलाई फोन गरेको प्रमाण भए पेश गर्न र निराधार आरोप नलगाउन आग्रह गरे।
- मन्त्रीले न्यायिक परामर्श आफ्नो कार्यक्षेत्रभित्र पर्छ कि पर्दैन भन्ने विषयमा ध्यान दिन आग्रह गरे, साथै न्यायाधीश नियुक्तिबारे संविधान र कानुनको पालना भएको दाबी गरे।
काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले स्वतन्त्र सांसद अमरेश कुमार सिंहले लगाएको गम्भीर आरोपबारे जवाफ दिएका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद सिंहले कुनै मुद्दा पर्दा मन्त्री चौरसियाले न्यायाधीशहरूलाई फोन गरेर न्याय प्रभावित पार्न खोजेको गम्भीर आरोप लगाएका थिए ।
तर सोमबार प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै चौरसियाले न्यायाधीशलाई फोन गरेको प्रमाण भए पेस गर्न सांसद सिंहलाई चुनौती दिए ।
सिंहको आरोपको प्रतिकार गर्दै कानुनमन्त्री सिंहले भने, ‘मेरो विरुद्धमा कहाँ प्रमाण पाउनुभयो ? पेस गरे हुन्छ । आरोप लगाउनुअघि हेक्का राख्नुपर्छ । मेरो मात्र कल डिटेल हैन, उहाँको पनि कल डिटेल जाँच गर्न सकिन्छ । निराधार र काल्पनिक आरोप लगाउनुहुँदैन ।’
यस्तै उनले न्यायिक परामर्श कानुनमन्त्री र मन्त्रालयको कार्यक्षेत्रभित्र पर्छ कि पर्दैन भन्ने विषय हेक्का राख्न समेत आग्रह गरे । उनले २०५६ सालदेखि संसदमा रहेको उल्लेख गर्दै आफूले राजनीतिक जीवनमा नैतिकवान् चरित्र प्रदर्शन गर्दै आएको दाबी गरे ।
यस्तै उनले न्यायाधीशको सिफारिस, सरुवा, कारबाहीलगायतको अधिकार नेपालको संविधानले न्याय परिषद्लाई दिएको बताउँदै न्याय परिषद्ले पार्टीको सिन्डिकेट र दलीय प्रभाव पर्नेगरी न्यायाधीश नियुक्ति नगरेको पनि दाबी गरे ।
संविधान र कानुनभन्दा बाहिर गएर न्यायाधीश नियुक्ति नभएको उनको जिकिर थियो ।
यस्तै अर्का सांसद प्रेम सुवालले न्यायाधीशको नियुक्ति निर्वाचनमार्फत गर्न माग गरेकोमा कानुनमन्त्री चौरासियाले वैधानिक तथा कानुनी व्यवस्था स्मरण गराए । ‘संविधान र कानुनभन्दा बाहिर गएर न्यायाधीश नियुक्ति गर्न नमिल्ने ब्यहोरा अनुरोध गर्न चाहन्छु’, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण