स्वास्थ्य क्षेत्रमा हरेक वर्ष २५ सय जनशक्ति थपिने, पाँच वर्षमा १२ हजार
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले हरेक वर्ष २५ सय जनशक्ति थप्ने प्रक्रिया सुरू भएको बताएका छन् । मन्त्री पौडेलले लामो समयपछि स्वास्थ्य क्षेत्रमा पाँच वर्षमा १२ हजार दक्ष जनशक्ति थप्ने गरी हरेक वर्ष २५ सय जनशक्ति थप्ने प्रक्रिया सुरु भएको बताएका हुन् ।
स्वास्थ्य जनशक्ति अभाव भएपनि दशकौँसम्म जनशक्ति थप गर्ने गरी स्वास्थ्य क्षेत्रको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरेर प्रक्रिया पूरा गरी मन्त्रिपरिषद्मा पेस गर्ने गरी अन्तिम चरणमा रहेको बताए ।
सोमबारको प्रतिनिधि सभा बैठकमा मन्त्रालयको बजेटबारे उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले नयाँ आर्थिक वर्षमा ९५ अर्ब ८१ करोड बजेट विनियोजन गरिएको जानकारी दिए ।
सातै प्रदेशमा विशिष्टीकृत सेवा
बजेटमार्फत सघन जलनको उपचार, मुटु, मिर्गौला प्रत्यारोपण, क्यान्सर लगायतका विशिष्टीकृत सेवाहरू सातै प्रदेशका एक एक सङ्घीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट हुने गरी व्यवस्था गरिएको मन्त्री पौडेलले बताए ।
रोग लाग्न नदिन कार्यक्रम
नयाँ बजेटमार्फत म स्वास्थ्य मेरो समुदाय स्वस्थका लागि ७३६ स्थानीय तहमा जनस्वास्थ्यका कार्यक्रमको प्रभावकारी सञ्चालनका लागि एक जनस्वास्थ्य अधिकृतको व्यवस्था, आयुर्वेद, योग ध्यान तथा परम्परागत चिकित्सा पद्धति मार्फत निरोगी नागरिक बनाउन नागरिक आरोग्य कार्यक्रमलाई सबै स्थानीय तहमा विस्तार तथा मानसिक स्वास्थ्य fghfhj प्रवद्र्बनजस्ता निरोधात्मक कार्यक्रम कार्यान्वयन हुने मन्त्री पौडेलले बताए ।
पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर तथा प्रजनन रुग्णता सम्बन्धी स्वास्थ्य सेवा सबै स्थानीय तहमा लागू हुने गरी विनियोजन गरिएको उनले बताए । १४ वर्ष मुनिका बालबालिकालाई पाठेघरको मुखको क्यान्सर विरुद्ध एच पि भी खोप लगाउने व्यवस्था मिलाइएको मन्त्री पौडेलले बताए ।
मन्त्री पौडेलले स्वास्थ्य बीमा बोर्डको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण प्रक्रिया अन्तिम चरणमा पुगेको भन्दै प्रविधिमा स्तरोन्नति तथा सबै किसिमका सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रम एकीकृत ढङ्गबाट बीमा मार्फत सञ्चालन गरिने बताए ।
बिमित सेवाग्राहीलाई सबै किसिमका सुविधा थैली, सेवा प्रदायक अस्पतालमा स्वास्थ्य बीमाको शोधभर्ना, भुक्तानी बाँकी रहेको बक्यौता तत्काल फरफारक गरिने मन्त्री पौडेलले बताए ।
मधेसमा मिर्गौला उपचार केन्द्र, काठमाडौँमा न्यूरो उपचार केन्द्र
संसद्मा सम्बोधनका क्रममा स्वास्थ्य मन्त्री पौडेलले मधेस प्रदेशमा विशेष सुविधा सहितको मिर्गौला उपचार केन्द्र स्थापना गरिने मन्त्री पौडेलले बताए । उनले काठमाडौमा सुविधा सम्पन्न राष्ट्रिय न्युरो उपचार केन्द्र स्थापनाका लागि बजेटको व्यवस्था गरिएको समेत जानकारी दिए ।
निर्माण सम्पन्न भक्तपुरस्थित छाती रोग अस्पताल र बुढानीलकण्ठस्थित राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्र सञ्चालनका लागि बजेट विनियोजन गरिएको मन्त्री पौडेलले जानकारी दिए ।
ठुला सङ्घीय अस्पतालको पूर्वाधारका लागि बजेट
मन्त्री पौडेलले ठुला सङ्घीय अस्पतालहरू कोशी अस्पताल, रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, नारायणी अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, भेरी अस्पताल, मानसिक अस्पताल पाटन, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, सङ्क्रामक तथा सरुवा रोग अस्पताल टेकु, पोखरा मा आयुर्वेद योग तथा प्राकृतिक चिकित्सा सहितको अस्पताल, नरदेवी आयुर्वेद अस्पताल पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गरिएको जानकारी दिए ।
यसैगरी, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा क्यान्सर उपचारमा अत्यावश्यक साईक्लोट्रोन उत्पादन गर्ने गरी पिइटी स्क्यान सेवा सञ्चालन गर्न बहु वर्षीय योजनामा समावेश गरिएको मन्त्री पौडेलले उल्लेख गरे ।
आगामी आर्थिक वर्षमा औजार उपकरण जनशक्ति पूर्वाधार विकासमा थप उपलब्धि हासिल हुने भन्दै उनले सङ्घीय अस्पतालहरूमा अत्यावश्यक औजार उपकरण उपलब्ध हुने गरी बजेट विनियोजन गरिएको जानकारी दिए ।
देशका विभिन्न स्थानमा निर्माणाधीन ट्रमा सेन्टर तथा सङ्क्रामक एवं सरुवा रोग अस्पतालको निर्माण सम्पन्नता। साथै वीर, ट्रमा, कान्ति, प्रसूति अस्पतालको क्षमता अभिवृद्धिका लागि व्यवस्था मिलाइएको मन्त्री पौडेलले बताए ।
८ कडा रोगको उपचारमा थप सुविधा
संसद्मा बजेटबारे जानकारी गराउने क्रममा मन्त्री पौडेलले आठ कडा रोगको उपचारमा थप सुविधाको व्यवस्था मिलाइएको बताए । थारु समुदायमा आनुवंशिक रोगको रुपमा देखा परिरहेको सिकलसेल एनिमियाका बिरामीका लागि निःशुल्क औषधी र सहुलियतपूर्ण उपचारको व्यवस्था गरेको उनले बताए ।
श्रमिकको स्वास्थ्य रक्षाका लागि पहल
मन्त्री पौडेलले नेपाली श्रमिकको स्वास्थ्य रक्षाका पक्षमा रोजगारदातालाई जिम्मेवार बनाउन पहल थालेको बताए ।
यसका लागि द्धिपक्षीय श्रम सम्झौतामा समावेश गर्न तथा आप्रवासी कामदारहरूको स्वास्थ्य सुरक्षालाई विश्वव्यापी मान्यता दिलाउन विश्व स्वास्थ्य सङ्गठनसमक्ष रोजगारदाताको जिम्मेवारी सम्बन्धी नयाँ सिद्धान्त निर्माणका लागि औपचारिक प्रस्ताव लैजाने तयारी गरेका छौ, मन्त्री पौडेलले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेरि बढ्यो अण्डाको मूल्य : प्रति क्रेट कति पुग्यो ?
-
१८ औं इन्डो–नेपाल खुला कराते: एकल कातामा सुलभ र अंकितालाई स्वर्ण
-
सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरण छानबिन गर्न समिति गठन
-
रास्वपाद्वारा लुम्बिनीका ९१ स्थानीय तहमा अधिवेशन सम्पन्न, जिल्ला अधिवेशनको पनि तीव्र तयारी
-
नयाँ दल बनाउन कस्सिए धवलशमशेर र दुर्गा प्रसाईँ, राप्रपालाई धक्का !
-
प्लास्टिक प्रदूषण न्यूनीकरण गर्न आ–आफ्नो बानी बदलौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण