सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने भारतीय नागरिक पक्राउ
सोमबार, ०९ असार २०८२, १७ : ५२
सारांश
- सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा भारतको महाराष्ट्रका ५६ वर्षीय गोपाल प्रसाद गौली रहेका छन्, उनलाई काठमाडौंको तिलगंगाबाट पक्राउ गरिएको हो।
- पीडित महिलासँगको तस्बिर देखाएर युट्युबमा बदनाम गराएको आरोपमा साइबर ब्युरोले अनुसन्धान गरिरहेको छ।
काठमाडौँ । सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको आरोपमा भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको महाराष्ट्र प्रदेश, थाने कश्मिरा रोड स्थायी वतन भएका ५६ वर्षीय गोपाल प्रसाद खडानन्द गौली रहेका छन् ।
उनलाई साइबर ब्युरोको टोलीले काठमाडौंको तिलगंगाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
कामको सिलसिलामा चिनजान भई पीडित महिलासँग सामाजिक सञ्जाल फेसबुकमा साथी बनी म्यासेन्जरमा कुराकानी हुने गरेको र प्रत्यक्ष भेटघाटका क्रममा पीडितसँग खिचेका तस्विर देखाई उनले बदनाम गराउने उद्देश्य राखी युट्युबमा राखेको प्रहरीको भनाइ छ ।
यस सम्बन्धमा पीडितको उजुरीपछि अनुसन्धानका क्रममा उनको संलग्नता खुलेसँगै पक्राउ गरेर काठमाडौं जिल्ला अदालतबाट म्याद थप लिई आवश्यक अनुसन्धान कार्य गरिरहेको ब्युरोले सोमबार जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने
-
वर्षामा बीपी राजमार्ग: अवरुद्ध भए आधा घण्टामै खुलाइने
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
-
बागलुङमा एचआइभी सङ्क्रमित २२० पुगे, चालु आवमा थपिए आठ जना
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण