अदालत
सम्पत्ति शुद्धीकरण मुद्दामा गणेश लामाले सर्वोच्चबाट पाए सफाइ
सोमबार, ०९ असार २०८२, १८ : ०९
काठमाडौँ । सम्पत्ति शुद्धीकरणको मुद्दामा गणेश लामाले सर्वोच्च अदालतबाट सफाइ पाएका छन् । सोमबार न्यायाधीशद्वय कुमार रेग्मी र अब्दुल अजीज मुसलमानको इजलासले दाबी नपुग्ने भन्दै लामालाई सफाइ दिएको हो ।
लामाविरुद्ध २०७० जेठ ५ गते १ करोड ४० लाख रुपैयाँको मुद्दा दायर भएको थियो । विशेष अदालतले २०७५ साउन २४ गते दोषी ठहर गर्दै १ वर्ष कैद, बिगो बमोजिम जरिवाना र सोही बराबर सम्पत्ति जफतको फैसला गरेको थियो ।
उक्त फैसलाविरुद्ध सोही वर्ष पुस ९ गते लामा विशेषको फैसलाविरुद्ध सर्वोच्च पुगेका थिए । लामा सर्वोच्च पुगेपछि सरकारी वकिलको कार्यालयले पनि सर्वोच्चमा पुनरावेदन गरेको थियो ।
लामालाई सफाइ दिँदै सर्वोच्चले सरकारी वकिलको पुनरावेदन जिकिर दाबी नपुग्ने ठहर गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण