अमृत साइन्स क्याम्पसमा आईटीमा सीट थप गर्न माग
काठमाडौं । अमृत (अस्कल) साइन्स क्याम्पस स्ववियुले आईटीको सीट थप गर्न माग गरेको छ । बीएस्सी सीएसआईटी/बीआईटीमा सीट थप गर्न माग गर्दै त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानको डीनलाई सोमबार ज्ञापनपत्र बुझाएको हो ।
स्ववियु अध्यक्ष रुद्रहरी पोखरेलले अस्कलमा आइटी पढ्न हजारौं विद्यार्थी आउने तर, निश्चित सीट हुँदा विद्यार्थीहरू लाखौं रूपैयाँ तिरेर नीजिमा पढ्न बाध्य भइरहेको बताए ।
बीएस्सी सीएसआईटी/बीआईटीमा ३६/३६ सीट थप गरेर यहि शैक्षिक सत्रदेखि बढाउनका लागि अनुमति दिन डीन प्राडा शंकर प्रसाद खनाललाई ज्ञापनपत्र बुझाएको हो ।
बीएस्सी सीएसआईटी/बीआईटी जस्ता विषयहरू सर्वसाधारण जननाताका छोराछोरीले त्रिविको आंगिक क्याम्पसमा पढ्ने सपना हुने गरेको अध्यक्ष पोखरेलको भनाइ छ ।
अस्कलमा १४४ सीटमा सीएसआईटी र ३६ सीटमा बीआईटी पढाई हुने गरेको छ ।
सरकारले शिक्षाका नाममा नयाँ विश्वविद्यालय खोल्न स्वीकृति दिनुभन्दापनि भएका विश्वविद्यालयहरु व्यवस्थित गर्दा प्रभावकारी हुने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘क्रिटिक्स फिल्म अवार्ड’ : दायाहाङ र थिन्ले उत्कृष्ट, अन्य को–कसले पाए अवार्ड ?
-
रास्वपा महाधिवेशन उद्घाटन सत्र : व्यवस्थापनमा र्याट, बाउन्सर र सुरक्षामा नेपाल प्रहरी (तस्बिरहरु)
-
विश्वकपको ऐतिहासिक एक हजारौँ खेल, जापानको पनि ऐतिहासिक उपलब्धि
-
प्रतिनिधिसभा निर्वाचनपछि ५ पार्टीका अध्यक्ष एउटै मञ्चमा
-
दुई सुरक्षा निकायका एआईजीले सुरक्षा व्यवस्थापनको मनिटर गर्ने
-
दीपक बोहराले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण