दीपक बोहराले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद दीपक बोहराले पार्टीको महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
- उनले पार्टी स्थापनाका आरोह-अवरोह र कार्यकर्ताको भावनाको पक्षमा आवाज उठाउन केन्द्रीय नेतृत्वमा पुग्नुपर्ने बताएका छन् ।
- बोहराले पार्टी सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको बेला न्यायका लागि ४० लाख हस्ताक्षर संकलन अभियानको सफल नेतृत्व गरेको स्मरण गराएका छन् ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहराले पार्टीको आगामी महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
पार्टी स्थापनादेखिका आरोह-अवरोह र कठिन संघर्षका दिनहरूलाई स्मरण गर्दै उनले कार्यकर्ताको भावना र न्यायको पक्षमा आवाज बुलन्द गर्न आफू केन्द्रीय नेतृत्वमा पुग्नुपर्ने बताएका छन् ।
आफ्नो उम्मेदवारीको औचित्य पुष्टि गर्दै सांसद बोहराले आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत वैकल्पिक राजनीतिको यात्रामा सामना गरेका चुनौतीहरूको चर्चा गरेका छन् । सुरुवाती दिनमा कतिपयले रास्वपाको अभियानलाई 'केही महिनाको रहर' भन्दै होच्याए पनि आफूहरू कहिल्यै विचलित नभएको उनको भनाइ छ।
विशेषगरी पार्टी सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको र अप्ठ्यारो परेको बेला आफूले मैदान नछाडेको उल्लेख गर्दै उनले सभापतिको पक्षमा न्याय खोज्न देशव्यापी ४० लाख हस्ताक्षर संकलन अभियानको सफल नेतृत्व गरेको स्मरण गराएका छन् । उनले त्यो अभियान कुनै व्यक्ति विशेषका लागि नभई समग्र न्यायका लागि भएको स्पष्ट पारेका छन् ।
सांसद बोहराले चुनाव जितेर सत्ता र सदनमा पुग्नु मात्र ठूलो कुरा नभई जनताको विश्वास जोगाइराख्नु र नेतृत्वलाई सही बाटोमा हिँडाउनु अबको मुख्य चुनौती रहेको उल्लेख गरे । उनले विगतमा 'घण्टीका उम्मेदवार जिताउने जिम्मा हाम्रो हो' भनेर गरेको बाचा पूरा भएको बताउँदै अब पार्टीलाई अझ जनमुखी र उत्तरदायी बनाउन आफ्नो भूमिका प्रभावकारी हुने दाबी गरे ।
महाधिवेशन प्रतिनिधिहरूसँग अमूल्य मतको अपील गर्दै बोहराले आफ्नो उम्मेदवारी केवल व्यक्तिका लागि नभई संघर्षलाई सम्मान गर्ने र कार्यकर्ताको आवाजलाई केन्द्रसम्म पुर्याउने संकल्पको प्रतीक भएको बताएका छन् । पार्टीभित्रको संघर्षपूर्ण यात्रामा सँगै उभिएका साथीको रूपमा आफूलाई नेतृत्वमा पुर्याउन उनले प्रतिनिधिहरूमाझ विश्वास व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राज्ञिक तिर्थ पाणिनि तपोभूमिबारे विमर्श
-
बालेनले रास्वपा महाधिवेशनमा दिए संसद्मा उठेका प्रश्नकाे जवाफ
-
राहदानी छपाइ प्रकरणः पूर्वपरराष्ट्रमन्त्री श्रेष्ठसँग अख्तियारले लियो बयान
-
रवि र बालेनले घण्टी बजाएर गरे रास्वपाको महाधिवेशन उद्घाटन, तस्बिरहरू
-
रास्वपा महाधिवेशनमा कति हुन्छन् प्रतिनिधि सहभागी ?
-
रास्वपा महाधिवेशन : प्रतिनिधि नामावलीमा दाबी विरोध र नाम समावेशका लागि आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण