दुई सुरक्षा निकायका एआईजीले सुरक्षा व्यवस्थापनको मनिटर गर्ने
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरूको नामावली सार्वजनिक गरे पनि मधेस प्रदेशका प्रतिनिधिको सूची भने अझै टुङ्गो लगाउन सकेको छैन।
- मधेस प्रदेशमा यसअघि विवादकै कारण प्रदेश अधिवेशन समेत हुन सकेको थिएन।
- रास्वपाको प्रथम महाधिवेशनको उद्घाटन चितवन स्थित जिल्ला प्रहरी कार्यालय अगाडिको गेष्टहाउस चउरमा हुनेछ र सुरक्षा व्यवस्थापन चुस्त पारिएको छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन आज उद्घाटन हुँदै छ । चितवन स्थित जिल्ला प्रहरी कार्यालय अगाडिको गेष्टहाउस चउरमा हुने उद्घाटनको सुरक्षा व्यवस्थापन चुस्त पारिएको सुरक्षा निकायहरुले जनाएका छन् ।
नेपाल प्रहरीका आईजीपी दान बहादुर कार्की महाधिवेशन स्थलको सुरक्षा व्यवस्थापनबारे बुझ्न चितवन पुगेका छन् । समग्र सुरक्षा व्यवस्थापनको मनिटरमा नेपाल प्रहरीका एआईजी उमा प्रसाद चतुर्वेदी र सशस्त्रका एआईजी गणेश ठाडामगर खटिएका छन् ।
एआईजी उमा प्रसाद चतुर्वेदीले महाधिवेशन अवधिभर समग्र सुरक्षा व्यवस्थापनको मनिटर गर्ने प्रहरी प्रवक्ता (डीआईजी) अबि नारायण काफ्लेले रातोपाटीलाई बताए । उनले भने, ‘जिल्ला सुरक्षा समितिले तयार गरेको योजना मुताबिक प्रहरी परिचालन गरिएको छ ।’
महाधिवेशन स्थलको फिल्ड कमाण्ड चितवनका एसपी रामेश्वर पौडेलले गरेका छन् । बागमती प्रदेशका डीआईजी दीपक रेग्मी पनि चितवनमा खटिएका छन् । प्रहरी प्रधान कार्यालयले केन्द्रबाट पनि थप मद्दत पठाएको छ । डीआईजी काफ्ले भन्छन्, ‘एआईजी उमा चतुर्वेदीले ओभरअल मनिटर गर्नुहुन्छ ।’
भिडभाड र भीआईपीको आवागमन हेरेर आवश्यक संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको बागमती प्रदेशका डीआईजी दीपक रेग्मीले बताए । उनले भने, ‘भिडभाड र भीआईपीको मुभमेन्ट हेरेर व्यवस्थापन गर्छौँ ।’
सशस्त्र प्रहरी बलले नम्बर–३ गढीमाई बाहिनीका बाहिनीपती किरण बस्नेको कमाण्डमा टोली परिचालन गरेको छ । सशस्त्रका प्रवक्ता (डीआईजी) नेत्र बहादुर कार्की भन्छन्, ‘एआईजी गणेश ठाडा मगर सा’वले समग्र सुरक्षा व्यवस्थापनको मनिटर गर्नुहुन्छ ।’
एआईजी गणेश ठाडा मगर चितवन गएका छन् । सशस्त्रले एउटा गण बराबरको सङ्ख्या महाधिवेशन स्थलमा परिचालन गरेको छ ।
असार ९ सम्म चल्ने महाधिवेशनको बन्दसत्र चितवन उद्योग संघको हलमा हुनेछ । सुरक्षा निकायहरुले उद्घाटन र बन्दसत्र अवधिभरको सुरक्षा योजना बनाएर लागु गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरी थाइल्याण्डमा रेलवे सुरुङ निर्माणका क्रममा दुर्घटना, दुईको मृत्यु
-
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह
-
सुनिता डंगोल इजरायलमा
-
जेलेन्स्कीले फिर्ता गरे पोल्यान्डको सर्वोच्च राष्ट्रिय सम्मान
-
रास्वपा महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित (सूचीसहित)
-
तस्बिरमा हेर्नुहोस् रास्वपा महाधिवेशनमा देखिएको मोही मोह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण