कलैया उपमहानगरद्वारा १ अर्ब ७२ करोडको बजेट सार्वजनिक
बारा । बाराकाे कलैया उपमहानगरले अगामी आर्थिक वर्ष२०८२/०८३ को लागि १ अर्ब ७२ करोड ७३ लाख ८७ हजारको बजेट सार्वजनिक गरेको छ । उपमहानगरले सोमबार १५ औँ नगर सभाबाट उक्त बजेट सार्वजनिक गरेको हो ।
उपमहानगरले ‘शैक्षिक प्रशासनिक पर्यटकीय सहर स्वच्छ समुन्नत कलैया नगर कृषि र पूर्वाधार समृद्ध कलैयाको आधार’ भन्ने नारा दिएको छ । उपमहानगरकी उपप्रमुख रौशन प्रविणले बजेट प्रस्तुत गर्दै शिक्षा, संस्कृति, युवा तथा खेलकुद, स्वास्थ्य, पूर्वाधार, कृषि र सामाजिक सुरक्षा क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको बताएकी छन् ।
‘बजेटले समावेशी र समतामूलक विकासको परिकल्पना गरेको छ’ उपप्रमुख प्रविणले बजेट प्रस्तुत गर्दै भनिन् ‘स्थानीय जनताको आवश्यकता र सम्भाव्यतालाई ध्यानमा राखी बजेट विनियोजन गरिएको छ’ ।
बजेटले उपमहानगरको पूर्वाधार विस्तार, विद्यालय स्तरोन्नति, स्वास्थ्य सेवाको पहुँच वृद्धि, युवा सशक्तीकरण तथा कृषिको आधुनिकीकरणलाई प्राथमिक एजेन्डा रहेको उपप्रमुख प्रविणले बताइन् ।
उनले सामाजिक सुरक्षाको क्षेत्रमा समेत प्रभावकारी कार्यक्रम समावेश गरिएको बताइन् ।नगरपालिकाले स्रोत परिचालन र पारदर्शी कार्यान्वयन मार्फत बजेटको प्रभावकारिता बढाउने र स्थानीय तहमा सुशासन र समावेशी विकासका माध्यमबाट जनताको जीवनस्तर उकास्ने लक्ष्य लिइएको उपमहानगरले जनाएको छ ।
नगर प्रमुख विनोद साहले कलैयाको विकासका लागि कसैको प्रभाव वा दबाबमा नहट्ने बताएका छन् । नगरप्रमुख साहले मानवत मटिअर्वाको बाटो सम्पन्न र कलैया हाट बजारको कायापलट गर्न आफ्नो मुख्य उद्देश्य रहेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण