मन्त्रिपरिषद् बैठक
भिजिट भिसा प्रकरण : पूर्व मुख्यसचिव वैरागीको नेतृत्वमा छानबिन समिति गठन
सोमबार, ०९ असार २०८२, २२ : १३
काठमाडौँ । भिजिट भिसा प्रकरणमा पूर्व मुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ ।
सोमबार साँझ प्रधानन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले वैरागीको नेतृत्वमा छानबिन समिति गठन गरेको एक मन्त्रीले रातोपाटीलाई बताए । ती मन्त्रीका अनुसार समितिलाई तीन महिनाभित्र प्रतिवेदन बुझाउने समय दिइएको छ । समितिमा गृह मन्त्रालय,श्रम मन्त्रालय र पर्यटन मन्त्रालयका सहसचिव छन्।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक जोडिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत प्रतिपक्षी दलहरुले छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण