सुरक्षा अवस्था सामान्य छ: कतारी गृह मन्त्रालय
सारांश
- इरानको आक्रमणपछि कतारको गृह मन्त्रालयले देशको सुरक्षा सामान्य रहेको जनाएको छ।
- अल जजीराका अनुसार, मन्त्रालयले अवस्था स्थिर रहेको र अफवाह फैलाउन नहुने बताएको छ।
- नागरिक र विदेशी बासिन्दाको सुरक्षाका लागि आवश्यक उपाय अपनाइने प्रतिबद्धता मन्त्रालयको छ।
काठमाडौँ । इरानको आक्रमणपछि कतारको गृह मन्त्रालयले देशको सुरक्षा सामान्य रहेको बताएको छ ।
मन्त्रालयलाई उद्धृत गर्दै अलजजीराले अवस्था ‘स्थिर’ रहेको भन्दै चिन्ता नलिन आग्रह गरेको जनाएको हो। सञ्चारमाध्यमका अनुसार मन्त्रालयद्वारा जारी विज्ञप्तिमा अफवाहमा नपर्न र गलत सूचना नफैलाउन विशेष ध्यान दिन अनुरोध गरिएको छ। साथै, आधिकारिक स्रोतबाट बाहिर नआएको कुनै पनि सूचना सेयर नगर्न देशवासीलाई आग्रह गरिएको छ।
मन्त्रालयले नागरिक तथा विदेशी बासिन्दाहरूको सुरक्षाको लागि आवश्यक सबै उपायहरू अपनाइने र सार्वजनिक जीवनलाई सामान्य अवस्थामा राखिने प्रतिबद्धता जनाएको छ।
यसअघि कतारको रक्षा मन्त्रालयले अल उदैद एयर बेसलाई लक्षित गरी प्रक्षेपण गरिएको इरानी मिसाइल आक्रमण त्यहाँको हवाई प्रतिरक्षा प्रणालीले सफलतापूर्वक अवरोध गरेको जनाएको छ। मन्त्रालयले उक्त आक्रमणबाट कुनै पनि मानवीय क्षति वा घाइते नभएको स्पष्ट पारेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण