बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
इरान इजरायल तनाव

इरान र इजरायलबिच पूर्ण युद्ध विराममा सहमति भएको ट्रम्पको दाबी

मङ्गलबार, १० असार २०८२, ०५ : १६
मङ्गलबार, १० असार २०८२

सारांश

  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायलबीच युद्धविराममा सहमति भएको घोषणा गरे।
  • ट्रम्पका अनुसार युद्धविराम घोषणाको ६ घण्टापछि सुरु भई २४ घण्टामा औपचारिक रूपमा युद्ध समाप्त हुनेछ।
  • इजरायल र इरान दुवैले युद्धविरामको आधिकारिक पुष्टि गरेका छैनन्, तर इरानले अमेरिकी सैन्य बेसमा आक्रमण गरेको थियो।

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायलबिच “पूर्ण र सम्पूर्ण” युद्ध विराममा सहमति भएको घोषणा गरेका छन्।

ट्रम्पले सामाजिक सञ्जालमार्फत युद्ध विराम अबको लगभग ६ घण्टापछि सुरु हुने बताएका छन्। दुवै देशले आ–आफ्ना सैन्य गतिविधि क्रमशः कम गर्दै लैजाने र “२४  घण्टामा” औपचारिक रूपमा युद्ध समाप्त हुने उनले बताएका छन्।

युद्ध विरामको घोषणा भए पनि हालसम्म इजरायल र इरान दुवैले यसको आधिकारिक पुष्टि गरेका छैनन्।

यसअघि साेमबार इरानले कतारस्थित अेमरिकी सैन्य बेसमा आक्रमण गरेको थियाे। आक्रमणबाट कुनै पनि मानवीय क्षति नभएको अमेरिकाले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप