गौर नगरपालिकाद्वारा ६१ करोडको बजेट पारित
सारांश
- रौतहटको गौर नगरपालिकाको १६औँ नगर अधिवेशन सम्पन्न भयो। मेयर शम्भु साहले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरे।
- नीति तथा कार्यक्रममा युवा, शिक्षा, स्वास्थ्य, कृषि, उद्यमशीलता लगायतका क्षेत्रलाई प्राथमिकता दिइएको छ।
- अधिवेशनमा उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो।
रौतहट । गौर नगरपालिकाको १६ औँ नगर अधिवेशन सम्पन्न भएको छ ।नगर कार्यालय परिसरमा आयोजित १६ औँ नगर अधिवेशनमा मेयर शम्भु साह अगामी आर्थिक वर्ष २०८२–२०८३ को लागि कुल ६१ करोड १५ लाख ९७ हजार २६१ रुपैयाँको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।
नीति तथा कार्यक्रममा युवा, शिक्षा तथा खेलकुद, आधारभूत स्वास्थ्य, कृषि तथा पशुपक्षी, उद्यमशीलता विकास, रोजगार र पर्यटन, पर्यावरण, वातावरण तथा विपद् व्यवस्थापन, पूर्वाधार सहरी विकास तथा भवन निर्माण, खानेपानी तथा सरसफाईलाई प्राथमिकतामा राखेको बताए ।
महिला बालबालिका तथा जेष्ठ नागरिक, सहकारी सङ्घ संस्था, कानुन तथा न्याय, सार्वजनिक सेवा, सुशासन र क्षमता विकास, राजस्व तथा वित्त व्यवस्थापन सहित गौर नगरलाई समुन्नत बनाउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उद्देश्यबाट नीति तथा कार्यक्रम प्रस्तुत गरिएको मेयर साहको दाबी छ ।
सोमवार सम्पन्न नगर अधिवेशनमा उपमेयर शैल देवी, प्रमुख प्रशासकीय अधिकृत सुभाष ठाकुर, वडा नम्बर १ देखि ९ सम्मका वडाध्यक्ष, वडा सदस्य, नगरपालिका बोर्ड सदस्यहरू, नागरिक समाजका अगुवा, राजनीतिकर्मीहरूको अनुपस्थित रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
-
कर्णालीमा कांग्रेस संसदीय दलको बैठक सुरु, के विषयमा हुँदै छ छलफल ?
-
वीपीको चिन्तन गर्न सक्ने पार्टी निर्माण आवश्यक छ : कुन्दनराज काफ्ले
-
बीपी र पुष्पलालको वैचारिक दृष्टिकोणलाई समकालीन यथार्थसँग जोडेर नयाँ राजनीतिक बहस चलाउनु पर्छ: प्रलोपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण