राक्सिराङले ल्यायो ६३ करोड ५२ लाखको बजेट
मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि कुल ६३ करोड ५२ लाख ३१ हजार २८९ रुपैयाँको बजेट ल्याएको छ । यो बजेट अघिल्लो आर्थिक वर्ष २०८१/०८२ को तुलनामा ८ करोड ९० लाख ५८ हजार रुपैयाँले बढी हो ।
राक्सिराङको मंगलबार बसेको गाउँसभामा उपाध्यक्ष बनस्तम थिङले पेस गरेको बजेटमा चालु तथा पूँजीगत खर्च समेट्दै सङ्घीय र प्रदेश सरकारबाट प्राप्त अनुदान र आन्तरिक स्रोतमार्फत जुटाइने आम्दानीको विवरणसहित बजेट ल्याएको हो ।
राक्सिराङले आगामी आर्थिक वर्षका लागि चालु खर्च तर्फ ४८ करोड ५३ लाख ५४ हजार रुपैयाँ र पूँजीगत खर्चतर्फ १४ करोड ९८ लाख ७७ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
राक्सिराङ गाउँपालिकाले बजेटको स्रोत व्यवस्थापनका लागि सङ्घीय सरकारबाट प्राप्त अनुदान ४३ करोड ८९ लाख ७८ हजार रुपैयाँ, प्रदेश सरकारबाट प्राप्त अनुदान १० करोड ५८ लाख २२ हजार रुपैयाँ, आन्तरिक स्रोतबाट ९ करोड ४ लाख ३० हजार रुपैयाँ रहेको छ ।
राक्सिराङको आगामी आर्थिक वर्षको बजेटमा चालु खर्चमा वृद्धि गरिएको देखिन्छ भने चालु खर्चको तुलनामामा पूँजीगत खर्च घटाइएको छ। सङ्घीय र प्रदेश सरकारको अनुदानमा समेत वृद्धि भएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण