शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

ललितपुर महानगरले ल्यायाे सात अर्ब ४६ करोडभन्दा बढीकाे बजेट (पूर्णपाठ)

मङ्गलबार, १० असार २०८२, १६ : ४२
मङ्गलबार, १० असार २०८२

ललितपुर । ललितपुर महानगरले आगामी आर्थिक वर्ष २०८२/२०८३ को लागि सात अर्ब ४६ करोड ८३ लाख ९२ हजार बजेट ल्याएकाे छ ।  महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले मंगलबारकाे नगरसभामा उक्त रकम बराबरकाे बजेट प्रस्तुत गरेकी हुन्न् । चालु खर्च तर्फ २ अर्ब ७८ करोड ८९ लाख ६९हजार र पूँजीगत तर्फ ४ अर्ब ६७ करोड ९४ लाख र २३ हजार  विनियोजन गरिएको छ । 

नगरलाई समृद्धि र सुशासन सम्पदा र संस्कृति संरक्षण , दिगो पूर्वाधार, हरियाली प्रवर्द्धन , पर्यावरण, आत्मनिर्भर अर्थतन्त्र , गुणस्तरीय शिक्षा, घर घर स्वच्छ खानेपानी, सामाजिक विकास, स्वास्थ्य युवा रोजगार लगायतका क्षेत्रलाई बजेटले प्राथमिकता दिएको छ ।

चालु आवकाे विकास खर्च ४२ प्रतिशत मात्रै

यस्तै ललितपुर महानगरपालिकाको चालु आर्थिक वर्ष २०८१/०८२को विकासे खर्च जेठ मसान्तसम्ममा जम्मा ४२ प्रतिशत मात्रै भएको छ । 

महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्ने क्रममा सार्वजनिक गरेको प्रगति प्रतिवेदन अनुसार पुँजीगत खर्च कमजोर देखिएको हो । 

महानगरका अनुसार चालु आर्थिक वर्षका लागि प्रस्तुत भएको बजेटमा कुल खर्च  ७ अर्ब ४६ करोड ८३ लाख  रुपैयाँ रहेकोमा कुल खर्च  ३ अर्ब ९७ करोड ८८ लाख रुपैयाँ  अर्थात ५३ प्रतिशत मात्रै भएको हो । 

यसमध्ये चालु खर्च तर्फ  २ अर्ब ७८ करोड ८९ लाख  र पुँजीगत खर्च तर्फ ४ अर्ब ६७ करोड ९४ लाख   रुपैयाँ विनियोजन भएको थियो ।

जेठ मसान्तसम्ममा  चालु खर्च तर्फ  २ अर्ब ३ करोड १९ लाख  अर्थात ७३ प्रतिशत र  पुँजीगत खर्च तर्फ  १ अर्ब ९४ करोड ६८ लाख  अर्थात ४२ प्रतिशत मात्रै भएको महानगरले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप