वर्तमान सरकार असफल भइसक्यो, हाम्रो समर्थन छैन: उपेन्द्र यादव
सारांश
- जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिने बताए।
- यादवले एमाले-कांग्रेस गठबन्धनको आलोचना गर्दै सरकार जनताको पक्षमा नरहेको आरोप लगाए।
- उनले वर्तमान सत्ता गठबन्धन असफल भइसकेको र सत्तामा टिकिरहने खेल खेलिरहेको आरोप लगाए।
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार अब पार्टीको समर्थन नरहने बताएका छन् ।
मंगलबार भक्तपुरस्थित रफत सञ्चार क्लबमा आयोजित कार्यक्रममा यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिन संसदीय दललाई निर्देशन दिइसकेको बताए । उनले सत्तारुढ एमाले–कांग्रेस गठबन्धनको तीव्र आलोचना गर्दै सरकारलाई दिएको समर्थनबाट पछुताउनु परेको बताए ।
सरकार जनताको पक्षमा नभई बिचौलियाको लागि बनेकाले समर्थन कायम राख्नु संविधान, संघीयता र जनतासँग गद्दारी हुने उनको भनाइ छ ।
अध्यक्ष यादवले वर्तमान सत्ता गठबन्धनले जनताको कुनै चासो नराखी केवल सत्तामा टिकिरहने खेल खेलिरहेको आरोप लगाए । सरकारको सम्पूर्ण ध्यान सत्ता जोगाउने, पद बाँड्ने, प्रशासन हल्लाउने र जनताको नाममा बजेट बेच्ने काममा लागेको उनले बताए । उनले वर्तमान सत्ता गठबन्धन पूर्ण रूपमा असफल भइसकेको उल्लेख गरे ।
उनले संविधान संशोधन गर्ने सरकारको कुनै चाहना भएको र सरकार बनाउनका लागि राजनीतिक स्टन्डमात्रै गरेको टिप्पणी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण