हेटौँडाको नीति कार्यक्रम: ३ सन्तान जन्माउने प्रोत्साहनदेखि आयोजना बैंक निर्माणसम्म
सारांश
- हेटौँडा उपमहानगरपालिकाले जन्मदर बढाउन तेस्रो सन्तान जन्माउने नीति लिएको छ, जसअन्तर्गत कोष खडा गर्ने घोषणा गरिएको छ।
- हेटौँडाले आगामी आर्थिक वर्षमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने घोषणा गरेको छ, जसमा सिटी टुर, स्थानीय पाठ्यक्रम, र फोहोर व्यवस्थापन समावेश छन्।
- हेटौँडा अस्पतालमा बाल तथा प्रसूति कक्ष निर्माण सम्पन्न गर्ने र एनआईसीयू सेवा सञ्चालन गर्ने योजना छ, साथै डायलाइसिस सेवा विस्तार गरिनेछ।
हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले जन्मदर बढाउन प्रोत्साहन गर्ने नीति अवलम्बन गरेको छ । हेटौँडाले पछिल्ला वर्षहरूमा जन्मदर न्यून बन्दै गएकाले तेस्रो सन्तानको जन्ममा प्रोत्साहनको नीति अवलम्बन गरेको हो ।
हेटौँडाको मंगलबार सम्पन्न १७ औँ नगर सभा मार्फत तेस्रो सन्तान जन्मलाई प्रोत्साहन नीतिका रूपमा अवलम्बन गर्न कोष खडा गर्ने घोषणा गरिएको हो । नगर सभाको अध्यक्ष एवम् हेटौँडाकी मेयर मीना कुमारी लामाले आगामी आर्थिक वर्षको नीति कार्यक्रम प्रस्तुत गर्दै सो घोषणा गरेकी हुन् ।
केही वर्ष अगाडिसम्म ‘दुई सन्तान ईश्वरको वरदान’ भन्ने नारा अवलम्बन गरेको अवस्थामा हेटौँडाले तेस्रो सन्तान जन्मलाई प्रोत्साहन गर्न कोष खडा गर्ने नीति लिएको छ । हेटौँडाको नीति तथा कार्यक्रमको ९३ औं बुँदामा तेस्रो सन्तान जन्मलाई प्रोत्साहन गर्न कोष खडा गरी आवश्यक कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।
हेटौँडाको नीति कार्यक्रममा आगामी आर्थिक वर्षदेखि आयोजना बैंक कार्यान्वयनमा ल्याउने घोषणा समेत गरिएको छ । बजेट विनियोजन व्यवस्थित गर्न आयोजना बैंक कार्यान्वयनमा ल्याउने मेयर लामाले बताइन् ।
त्यस्तै हेटौँडाले आन्तरिक पर्यटन प्रवर्धनका लागि होटल एसोसिएसन मकवानपुरसँगको सहकार्यमा सिटी टुर कार्यक्रमको थालनी गर्ने, तामाङ र नेवा भाषाको प्रवद्र्धन गर्न स्थानीय पाठ्यक्रमका रूपमा विद्यालय तहमा पठनपाठनका लागि आवश्यक व्यवस्था मिलाउने, चुरे सुरुङको पर्यटकीय सम्भावना अभिवृद्धि गर्न संघ र प्रदेश सरकारको समन्वय एवम् सहकार्यमा प्रवर्द्धनात्मक कार्य गर्ने, ‘मेयरसँग जनता स्वास्थ्य कार्यक्रम’ अन्तर्गत ज्येष्ठ नागरिक, अपाङ्ग तथा एकल महिला÷पुरुषलाई प्राथमिकतामा राखी समुदायस्तरमा कार्यक्रम सञ्चालन गर्ने नीति लिएको मेयर लामाले बताइन् ।
हेटौँडाले नगर क्षेत्रमा उत्सर्जन हुने पोहोर मैलाको दिगो व्यवस्थापन गर्न सार्वजनिक निजी साझेदारी अवधारणामा फोहोर व्यवस्थापन कार्यलाई निरन्तरता दिने, डिजिटल सिटीको अवधारणालाई अघि बढाउने, आगामी आर्थिक वर्षमा हेटौँडा १४ मा सार्वजनिक निजी साझेदारीको अवधारणमा सुविधा सम्पन्न फन पार्क निर्माण गर्ने, किसान सूचीकरणको कार्य आगामी आवमा सम्पन्न गर्ने, किसान वर्गीकरण र किसान परिचयपत्र वितरण गरिने भएको छ ।
हेटौँडा अस्पतालमा निर्माण थालनी गरिएको १०० बेडको बाल तथा प्रसूति कक्षको अधुरो निर्माण कार्यलाई सम्पन्न गरी एनआईसीयू र पीआईसीयू सेवा सञ्चालन ल्याउने भएको छ । एनआईसीयू सेवाको अभावमा हेटौँडामा नवजात शिशुको जन्म समयमा उपचारका चितवन धाउनुपर्ने बाध्यात्मक अवस्था हटाउन हेटौँडाले २ करोड रुपैयाँ बजेटको व्यवस्था समेत गरेको छ । हेटौँडाले हेटौँडा–१३ र १६ का नगर अस्पताललाई संघ र प्रदेश सरकारको समन्वय र सहकार्यमा आवश्यक पूर्वाधार विकास गरी स्वास्थ्य बिमासहितको अस्पतालको रूपमा विकास गर्ने, २५ लाख रुपैयाँ व्यवस्था गरेर हेटौँडा अस्पतालमा डायलाइसिस सेवा विस्तार गर्ने भएको छ ।
हेटौँडाले युवा लक्षित कृषि कार्यक्रम, प्राङ्गारिक मलको प्रयोगलाई प्रोत्साहन गर्ने र एक वडा, एक कृषि उत्पादन कार्यक्रममा १३ नम्बर वडामा मेवाखेती र १ नम्बर वडामा कोदो खेती कार्यक्रमलाई निरन्तरता दिने, हेटौँडा १० को निर्माणाधीन एकीकृत बस टर्मिनलसहितको सपिङ कम्प्लेक्स निर्माण कार्य पूरा गरी सञ्चालनमा ल्याउने, अनलाइन नक्सा प्रणाली कार्यान्वयनमा ल्याउने, हेटौँडा ४ मा बहुउद्देश्यीय तथा व्यावसायिक भवन निर्माण भएको ढिलाइ र अन्यौलताको हटाइ भवन निर्माण प्रक्रिया अगाडि बढाउने र सार्वजनिक सम्पत्ति संरक्षण गर्ने नीति लिएको छ ।
रोजगार सेवा केन्द्रलाई प्रभावकारी बनाई बेरोजगार व्यक्तिलाई सिप सिर्जना माध्यमबाट रोजगारमा जोड्ने र स्थानीय सामुदायिक पूर्वाधार मर्मत सम्भारलगायतका श्रममूलक कार्यमा संलग्न गराई लक्षित वर्गको जीवनस्तरमा सुधार ल्याउने हेटौँडाले नीति लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण