शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एक सातामा थपिए डेंगु संक्रमणका ९१ नयाँ बिरामी

मङ्गलबार, १० असार २०८२, १८ : ३८
मङ्गलबार, १० असार २०८२

काठमाडौँ । एक सातायता डेंगु संक्रमणका ९१ नयाँ केस पुष्टि भएका छन् । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तथ्याङ्कअनुसार सात प्रदेशमध्ये सबैभन्दा धेरै गण्डकीमा (३० केस) संक्रमित भेटिएका हुन् । 

त्यस्तै लुम्बिनीमा २२, बागमतीमा २०, सुदूरपश्ञ्चिम र कोशीमा ८/८ र कर्णालीमा एउटा केसको पुष्टि भएको महाशाखाले जनाएको छ । यस्तै गएको पुसयता काठमाडौं उपत्यकामा मात्र २१६ जनामा डेंगु संक्रमण पुष्टि भएको थियो ।

जसमा काठमाडौँमा मात्र १६४ वटा केस पुष्टि भएको छ । त्यस्तै ललितपुर र भक्तपुरमा ३०/३० वटा डेंगु संक्रमितको केस पुष्टि भएको थियो । हालसम्म ७३ जिल्लामा डेंगु फैलिइसकेको ईडीसीडीले जनाएको छ । पुसयता देशभर एक हजार ५ सय २ जनामा डेंगु संक्रमण देखिएको महाशाखाको तथ्यांक छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप