बराहताल गाउँपालिकाले ल्यायो ६३ करोडको बजेट
पूर्वाधार र सामाजिक विकास प्राथमिकतामा
मङ्गलबार, १० असार २०८२, २० : ०६
सुर्खेत । सुर्खेतको बराहताल गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ६३ करोड ७ लाख ४८ हजार ९ सय ९९ रुपैयाँ बराबरको बजेट ल्याएको छ ।
मंगलबार गाउँपालिका अध्यक्ष भिम बहादुर भण्डारीको अध्यक्षतामा बसेको १७ औँ गाउँ सभाको पहिलो बैठकमा उपाध्यक्ष लक्ष्मी पुन मगरले उक्त बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।
प्रस्तुत नीति, कार्यक्रम तथा बजेटमा पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना र सामाजिक विकासका क्षेत्रलाई प्राथमिकतामा राखिएको छ ।
उपाध्यक्ष पुनले सीमित स्रोत र साधनको अधिकतम उपयोग गरी जनमुखी कार्यक्रमहरू समावेश गरिएको बताइन् । उनका बजेटले उत्पादन वृद्धि, युवा स्वरोजगार र महिला सशक्तीकरण जस्ता विषयलाई विशेष जोड दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
-
कर्णालीमा कांग्रेस संसदीय दलको बैठक सुरु, के विषयमा हुँदै छ छलफल ?
-
वीपीको चिन्तन गर्न सक्ने पार्टी निर्माण आवश्यक छ : कुन्दनराज काफ्ले
-
बीपी र पुष्पलालको वैचारिक दृष्टिकोणलाई समकालीन यथार्थसँग जोडेर नयाँ राजनीतिक बहस चलाउनु पर्छ: प्रलोपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण