शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

ठाटीकाँध गाउँपालिकाले ल्यायो साढे ४१ करोडको बजेट, अधुरा योजनालाई प्राथमिकता

मङ्गलबार, १० असार २०८२, २० : १२
मङ्गलबार, १० असार २०८२

दैलेख । दैलेखको ठाटीकाँध गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ४१ करोड ५० लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । मंगलबार सम्पन्न गाउँपालिकाको १७ औँ गाउँ सभामा उपाध्यक्ष देविराम बडुवालले उक्त बजेट प्रस्तुत गरेका हुन् । 

गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि चालुतर्फ २३ करोड ३२ लाख ३५ हजार ५९ रुपैयाँ र पुँजीगततर्फ १८ करोड १७ लाख ९६ हजार रुपैयाँ विनियोजन गरेको छ । 

बजेटको स्रोतका रूपमा सङ्घीय र प्रदेश सरकारबाट प्राप्त अनुदान तथा गाउँपालिकाको आन्तरिक स्रोतलाई समेटिएको छ ।यसअघि गाउँ सभामा गाउँपालिका अध्यक्ष रक्ष बहादुर शाहले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

अध्यक्ष शाहले आगामी वर्षको बजेटले विगतका उपलब्धिलाई संस्थागत गर्ने, अत्यावश्यक पूर्वाधार निर्माण, स्वास्थ्य र शिक्षामा सबैको पहुँच सुनिश्चित गर्ने तथा पालिकाको दिगो एवं सन्तुलित विकासमा टेवा पुर्‍याउने बताए ।

बजेट प्रस्तुत गर्दै उपाध्यक्ष बडुवालले पुराना र अधुरा रहेका कार्यक्रमलाई पूर्णता दिने तथा पालिकाको दिगो विकासलाई जोड दिने गरी बजेट ल्याइएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप