सुर्खेतका ९ स्थानीय तहको बजेट ९ अर्ब बढी, कुनको कति ?
सुर्खेत । सुर्खेतका नौवटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि आफ्नो बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् ।
जिल्लाका ५ नगरपालिका र ४ गाउँपालिकाले कुल ९ अर्ब ७२ करोड ८५ लाख रुपैयाँ बराबरको बजेट ल्याएका हुन् ।
सबैभन्दा बढी बजेट प्रदेश राजधानीसमेत रहेको वीरेन्द्रनगर नगरपालिकाले ल्याएको छ भने सबैभन्दा कम बजेट चिंगाड गाउँपालिकाको छ । वीरेन्द्रनगरले ४ अर्ब ३८ करोडको बजेट प्रस्तुत गर्दा चिंगाडले ४० करोड ८६ लाखको बजेट ल्याएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन अनुसार स्थानीय तहले असार १० गतेभित्र आफ्नो सभामा बजेट पेस गर्नुपर्ने प्रावधान छ ।
कुन स्थानीय तहको बजेट कति ?
वीरेन्द्रनगर नगरपालिका—४ अर्ब ३८ करोड
गुर्भाकोट नगरपालिक—१ अर्ब १ करोड
भेरीगंगा नगरपालिका—८० करोड २५ लाख
लेकवेशी नगरपालिका—६१ करोड ५१ लाख
पञ्चपुरी नगरपालिका—६९ करोड ११ लाख
चौकुने गाउँपालिका—५७ करोड ३० लाख
चिंगाड गाउँपालिका—४० करोड ८६ लाख
सिम्ता गाउँपालिका —६१ करोड ७५ लाख
बराहताल गाउँपालिका—६३ करोड ७ लाख
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
-
कर्णालीमा कांग्रेस संसदीय दलको बैठक सुरु, के विषयमा हुँदै छ छलफल ?
-
वीपीको चिन्तन गर्न सक्ने पार्टी निर्माण आवश्यक छ : कुन्दनराज काफ्ले
-
बीपी र पुष्पलालको वैचारिक दृष्टिकोणलाई समकालीन यथार्थसँग जोडेर नयाँ राजनीतिक बहस चलाउनु पर्छ: प्रलोपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण