दैलेखका ११ स्थानीय तहले ल्याए ६ अर्ब बढीको बजेट, दुल्लुको सबैभन्दा बढी
सारांश
- दैलेखका ११ वटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति, कार्यक्रम र बजेट सार्वजनिक गरे।
- जिल्लाका चार नगरपालिका र सात गाउँपालिकाले ६ अर्ब २७ करोड १० लाख ८९ हजार ४४१ रुपैयाँ बराबरको बजेट ल्याएका छन्।
- बजेटमा पूर्वाधार विकास, कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन र रोजगारी सिर्जनालाई प्राथमिकता दिइएको छ। दुल्लु नगरपालिकाको बजेट सबैभन्दा बढी र ठाटीकाँध गाउँपालिकाको सबैभन्दा कम छ।
सुर्खेत । दैलेखका सबै (११ वटै) स्थानीय तहहरूले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि आफ्नो वार्षिक नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन् ।
जिल्लाका चार नगरपालिका र सात गाउँपालिकाले कुल ६ अर्ब २७ करोड १० लाख ८९ हजार ४४१ रुपैयाँ बराबरको बजेट ल्याएका हुन् ।
सार्वजनिक गरिएको बजेटमा पूर्वाधार विकास, कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन र रोजगारी सृजनालाई मुख्य प्राथमिकतामा राखिएको छ ।
जिल्लाका स्थानीय तहमध्ये सबैभन्दा बढी बजेट दुल्लु नगरपालिकाले ल्याएको छ भने सबैभन्दा कम ठाटीकाँध गाउँपालिकाको रहेको छ । दुल्लु नगरपालिकाले १ अर्ब ८ करोड ८१ लाखभन्दा बढीको बजेट प्रस्तुत गर्दा ठाटीकाँध गाउँपालिकाले ४१ करोड १५ लाखको बजेट सार्वजनिक गरेको छ ।
कुन स्थानीय तहको बजेट कति ?
दुल्लु नगरपालिकाः १ अर्ब ८ करोड ८१ लाख ४९ हजार
नारायण नगरपालिकाः ५६ करोड ४४ लाख ६९ हजार
आठबीस नगरपालिकाः ५५ करोड ८८ लाख ६१ हजार
चामुण्डाविन्द्रासैनी नगरपालिकाः ४८ करोड ४३ लाख
गुराँस गाउँपालिकाः ७३ करोड ६१ लाख ४४ हजार
डुङ्गेश्वर गाउँपालिकाः ४१ करोड ८१ लाख ७२ हजार
भगवतीमाई गाउँपालिकाः ५६ करोड ४५ लाख ५७ हजार
नौमूल गाउँपालिकाः ४५ करोड ८ लाख ६७ हजार
महावु गाउँपालिकाः ४९ करोड ४० लाख ४२ हजार
भैरवी गाउँपालिकाः ४९ करोड ९९ लाख ९० हजार
ठाटीकाँध गाउँपालिकाः ४१ करोड १५ लाख ३१ हजार
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
-
कर्णालीमा कांग्रेस संसदीय दलको बैठक सुरु, के विषयमा हुँदै छ छलफल ?
-
वीपीको चिन्तन गर्न सक्ने पार्टी निर्माण आवश्यक छ : कुन्दनराज काफ्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण