रौतहट अपडेट : सेफ्टी ट्याङ्कीमा डुबेर २ बालबालिकाको मृत्यु
सारांश
- रौतहटको चन्द्रपुर नगरपालिकामा सेफ्टी ट्याङ्कीमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ।
- चन्द्रपुर-१० स्थित एक घरको सेफ्टी ट्याङ्कीमा डुबेर दुई बालबालिकाको मृत्यु भएको हो।
- उद्धार गरी अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरे, प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ।
रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकामा सेफ्टी ट्याङ्कीमा डुबेर दुई जना बालबालिकाको मृत्यु भएको छ।
चन्द्रपुर-१० स्थित बिनुवा टोलका हृदय पासवानको घरको शोचालयको सेप्टी ट्याङ्कीमा डुबेर सोही ठाउँ बस्ने जगदीश साहको १ वर्षीया छोरी खुश्बु साह र गम्भीरा साहको १ वर्षीय छोरा रञ्जे साहको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले जानकारी दिए ।
गएराति पौने ८ बजेको समयमा ती बालबालिका एकाएक प्लाइले ढाकिएको सेप्टी ट्याङ्कीमा डुबेका थिए ।
बालबालिकाको उद्धार गरी उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र चन्द्रनिगाहपुर लगिएपनि चिकित्सकले दुवै जनालाई मृत घोषित गरेको गरेको प्रवक्ता रायले जानकारी दिए ।
घटनापछि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट टोली गएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। हाल दुवैजना बालबालिकाको शव पोस्टमार्टमका लागि सोही स्वास्थ्य केन्द्रमा राखिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण