दौरा सुरुवाल लगाउने सबैसँग पीएसओ रहेको भन्दै संसदीय समितिमा व्यङ्ग्य
बुधबार, ११ असार २०८२, १४ : ३५
सारांश
- एमाले सांसद राजेन्द्रकुमार राईले पीएसओ व्यवस्थाको विरोध गर्दै प्रहरी चौकी खाली हुने र नेताहरूले पीएसओ बोक्ने प्रवृत्ति बढेको बताए।
- उनले दौरा सुरुवाल लगाउने सबैसँग पीएसओ रहेको भन्दै व्यंग्य गरे र पूर्व प्रहरी अधिकारीहरूले पनि पीएसओ राख्ने व्यवस्थाको विरोध गरे।
- राईले सेवा निवृत्त प्रहरी अधिकारीहरूले पनि पीएसओ राख्ने व्यवस्था लोकतन्त्रको विरुद्ध रहेको बताए।
काठमाडौँ । नेकपा (एमाले) का सांसद राजेन्द्रकुमार राईले पर्सनल सेक्युरिटी अफिसर (पीएसओ)को व्यवस्थाबारे आपत्ति जनाएका छन् ।
बुधवार सिंहदरबारमा “नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल गर्न बसेको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले प्रहरी चौकी खाली हुने र नेताहरू पीएसओ बोकेर हिँड्ने प्रवृत्ति बढेको बताए ।
उनले दौरा सुरुवाल लगाउने सबैसँग पीएसओ रहेको भन्दै व्यङ्ग्यात्मक टिप्पणी गरे । उनले पूर्व तथा निवर्तमान प्रहरीका आइजिपी र एआइजीको घरमा समेत प्रहरीहरूलाई कामकाजमा राखिएको भन्दै आपत्ति जनाए । उनले सेवा निवृत्त भएका प्रहरी अधिकारीले पनि पीएसओ राख्ने व्यवस्था लोकतन्त्रको खिलाफमा रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
-
अर्जेन्टिना पराजित भएपछि ब्युनस आयर्समा झडप, १५ जना पक्राउ
-
‘मोबाइल फोन प्रसारण प्रणाली’ मार्फत विपद्को पूर्वसूचना दिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण