शरणार्थी
पन्छाएर अन्धकारको युग
लम्किनु छ नयाँ गन्तव्य
धर्तीमाथि पाइला राखी
बचाउनु छ जीवनचक्र
छानो देख्छु खुला आकाश
आफ्नै शिरमाथि !
अदम्य साहसले मुटु दह्रो पारी
लम्किनु छ नौलो परिवेश
बटुल्नु छ बाँच्ने साथ र सारथि
हिँडेर कहिले नथाक्ने,
शून्यतामा अर्थ खोज्न आँट राख्ने
म हुँ शरणार्थी ।
सन्तानका थकाइले चर्किन्छ मेरो छाती
आफूलाई बिझेको काँडाले
पोल्दैन बरु त्यति भाँती
प्रकृतिको प्रेमले भर्नु छ रित्तो पेट
आफ्नैबाट लखेटिएर पनि
कहिले विचलित नहुने म हुँ शरणार्थी ।।
पीर–व्यथा अभावका हुरी सबै मेरा साथी
जुन र तारा बसेका छन्
बनेर सहारा अनि साक्षी
धैर्यताको ताज पहिरी छाड्नु छ
आफ्नो परिवेश,
नवगन्तव्यमा पुग्न
आउने बाधा सबैमा मेरो छ
सन्तोष
अमूल्य धारा पसिनाको बगाउन म
तयार छु
तर नगरोस् शत्रु आई मेरो
मातृभूमि र अस्तित्वको
अट्टहास ।
त्यसैले भर्छु म देहमा
मातृस्नेहको उमंग
पोत्छु म मुहारमा मातृप्रेमको
रङ
भर्छु म कानमा मातृ सुरम्यताको
संगीत
पहिरन्छु म शिरमा
जननि र जन्मभूमिको
आशीर्वादको ताज
र त मेरो पाइला दह्रो छन्
अभावको उचाइ अनि अनिकालको
गहिराइले मलाई छुन सक्दैन
अपमानको वाण अनि
तिरस्कारको ज्वालाले
निल्न सक्दैनन्
म आफ्नैबाट लखेटिएर
पनि संसार जित्न खोज्ने
बलवान् सिपाही
सृष्टिको वास्तविक लडाकु
आफ्नै आत्माको ईश्वरको सैनिक
संघर्षको साक्षात् मूर्ति
धर्तीको माटोलाई सिरानी
अनि चन्द्रमाको आकारलाई
सपना सजाउन सक्ने
नहार्ने नथाक्ने
अनि जन्म–जन्म मुटुभित्र
आफ्नो मातृभुमिको ताज सजाएर
शून्यतामा जीवन सिजना गर्ने
साहस राख्ने
शरणार्थी ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण