‘डोरी’ का निर्देशक लामाले बनाउँदै फिल्म ‘तथास्तु’
बुधबार, ११ असार २०८२, १५ : ३०
सारांश
- निर्देशक अरुण लामाले 'तथास्तु' नामको नयाँ फिल्म बनाउने घोषणा गरेका छन्।
- सन् २०२७ मा रिलिज हुने लक्ष्य राखिएको यो फिल्म नेपाली र हिन्दी भाषामा बन्नेछ।
- फिल्ममा नयाँ पुस्ताका कलाकार र भारतीय कलाकारहरूको अभिनय रहनेछ, छायांकन नेपाल र भारतमा हुनेछ।
काठमाडौँ । ‘डोरी’ का निर्देशक अरुण लामाले ‘तथास्तु’ नामबाट फिल्म बनाउने भएका छन् । फिल्मको एक पोस्टर सार्वजनिक गर्दै उनले फिल्म घोषणा गरेका हुन् । सन् २०२७ मा रिलिज लक्ष्य राखिएको फिल्मलाई नेपाली र हिन्दी भाषामा तयार गर्ने उद्देश्य उनले लिएका छन् ।
एजी.सेभेन प्रोडक्सनको प्रस्तुतिमा बन्ने फिल्ममा नयाँ पुस्ताका चर्चित कलाकारहरूलाई मुख्य भूमिकामा लिइने निर्देशक लामाले बताए । उनका अनुसार फिल्ममा भारतीय कलाकारहरूको पनि अभिनय रहनेछ ।
फिल्मको छायाङ्कन नेपाल र भारतमा हुनेछ । आध्यात्मिक यात्रा, अन्तर्द्वन्द्व र सामाजिक यथार्थबिचको फिल्ममा भगवान् र मानिसहरूको लोकबिचको कथा समेटिने बताइएको छ । दुई चरणमा छायाङ्कन गर्न लागिएको फिल्मलाई अर्को वर्ष (२०८३) को सुरुवातमा प्रदर्शन गर्ने तयारी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण