इंग्ल्याण्डसँग पराजित भएपछि प्रशिक्षक गम्भीरले के भने ?
सारांश
- इंग्ल्याण्डले भारतलाई पहिलो टेस्ट खेलमा ५ विकेटले पराजित गर्यो, शृंखलामा १-० को अग्रता लियो।
- मुख्य प्रशिक्षक गौतम गम्भीरले ब्याटिङ प्रदर्शनलाई निराशाजनक र क्याच छुट्नु सामान्य भएको बताए।
- पहिलो इनिङ्समा भारतले ४७१ रन बनाएको थियो भने इंग्ल्याण्डले ४६५ रन बनायो, दोस्रो इनिङ्समा भारतले ३६४ रन बनायो।
काठमाडौँ । भारतीय क्रिकेट टोली विरुद्धको पहिलो टेस्ट खेलमा इंग्ल्याण्डसँग बेहोरेको हारबारे मुख्य प्रशिक्षक गौतम गम्भीरले प्रतिक्रिया दिएका छन्।
भारतीय खेलाडीहरूले क्याच छाडेको प्रश्नमा गम्भीरले भने , ‘सबैभन्दा पहिले कुरा, क्याचहरू छुट्छन्। संसारका उत्कृष्ट फिल्डरहरूले क्याच छाडेका छन्। कसैले पनि जानाजानी क्याच छोड्दैन।’
उनले ब्याटिङ प्रदर्शन भने निराशाजनक रहेको बताए। पहिलो इनिङ्समा हामीले अन्तिम ४० रनमा सात विकेट गुमायौँ र दोस्रो इनिङमा अन्तिम ३० रनमा छ विकेट गुमायौँ। यदि हामीले पहिलो इनिङ्समा ६०० रन बनाएको भए हामी बलियो स्थितिमा हुने थियौँ। तर आशा छ, दोस्रो टेस्टका लागि हामी यो खेलबाट सिक्नेछौँ।’
भारतविरुद्धको पाँच खेलको टेस्ट शृङ्खलाको पहिलो खेलमा इंग्ल्याण्डले पाँच विकेटले जित हासिल गरेको छ। चौथो इनिङ्समा बेन डकेटको शतक र ज्याक क्राउली र जो रुटको अर्धशतकको मद्दतले इंग्ल्याण्डले पहिलो टेस्ट म्याचको पाँचौँ दिन भारतलाई पाँच विकेटले पराजित गर्यो।
पाँच खेलको टेस्ट शृङ्खलामा इंग्ल्याण्ड ले १-० को अग्रता लिएको छ। पहिलो इनिङ्समा भारतीय टोलीले ४७१ रन बनाएको थियो। जवाफमा इंग्ल्याण्डले ४६५ रन बनाएको थियो। दोस्रो इनिङ्समा भारतीय टोली ३६४ रन बनाउन सफल भयो।
भारतको लागि पहिलो इनिङ्समा यशस्वी जयस्वाल, शुभमन गिल र ऋषभ पन्तले शतक बनाए भने दोस्रो इनिङ्समा केएल राहुल र ऋषभ पन्तले शतक बनाए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण