स्रष्टाहरूको साधनाले नै नेपालको साहित्यिक र सांस्कृतिक यात्रा बाँचेको छ : मन्त्री पाण्डे
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमार्फत प्रदान गरिएका दिर्घ साधना राष्ट्रिय पुरस्कारलाई दुई पुस्ताका स्रष्टाहरूलाई समर्पित ऐतिहासिक सम्मानका रूपमा वर्णन गरेका छन् ।
बुधबार राष्ट्रपति भवन शितल निवासमा आयोजित नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार २०८१ को अवसरमा आयोजित एक विशेष समारोहलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् ।
नौ जना स्रष्टाहरूलाई राष्ट्रिय सम्मान प्रदान गर्दै उनले भने, “यहाँहरूको साधनाले नै नेपालको साहित्यिक र सांस्कृतिक यात्रा बाँचेको छ । अब हामीले विदेशी भाषाका गीत सुन्ने बाध्यता हटाएर आफ्ना शब्द, स्वर र सङ्गीतको त्रिवेणीलाई विश्वभर गुञ्जयमान बनाएका छौं ।”
मन्त्री पाण्डेले लामो साधना र निरन्तर अभ्यासबाट खारिएका स्रष्टाहरूबाटै राष्ट्रको सांस्कृतिक धरोहरको संरक्षण, पुस्तान्तरण र प्रवद्र्धन सम्भव हुने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण