बागमतीमा ड्रोन प्रविधि परीक्षण
सारांश
- बागमती प्रदेश सरकारले विपद् व्यवस्थापन र अत्यावश्यक सामग्री ढुवानीका लागि ड्रोन प्रविधिको परीक्षण गर्यो।
- हेटौँडामा भएको परीक्षणमा २५ किलो भारवहन क्षमताको ड्रोन सफलतापूर्वक प्रयोग गरियो, जसमा मन्त्रीहरूको उपस्थिति थियो।
- मुख्यमन्त्रीका अनुसार, प्रदेश सरकारले भौगोलिक अवस्थालाई मध्यनजर गर्दै ड्रोनसम्बन्धी आवश्यक कानुन बनाउनेछ र प्रविधिको विकासमा जोड दिनेछ।
हेटौँडा । बागमती प्रदेश सरकारले अत्यावश्यक सामग्री ढुवानी तथा विपद् व्यवस्थापनमा ड्रोन प्रविधिको प्रयोग सम्बन्धी परीक्षण गरेको छ । आइडिया हब इन्टरनेशनल प्रालिसँगको सहकार्यमा प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले बुधबार हेटौँडा–६ स्थित गौरीटार रङ्गशालामा उक्त परीक्षण गरेको हो ।
२५ किलो भार वहन गर्न सक्ने ड्रोनको सफल परीक्षण गरिएको थियो । परीक्षण कार्यक्रममा प्रदेश प्रमुख मन्त्री बहादुरसिंह लामाको प्रमुख आतिथ्यतामा भएको परीक्षणमा उनले विपद् व्यवस्थापनमा ड्रोन प्रविधि अत्यन्त उपयोगी हुने विश्वास व्यक्त गरे ।
‘सडक अवरुद्ध हुँदा, डुबान वा पहिरोका कारण राहत सामग्री पुर्याउन नसकिने अवस्थामा ड्रोन प्रभावकारी विकल्प हुनसक्छ’, मुख्यमन्त्री लामाले भने, ‘भौगोलिक विविधता र जोखिमयुक्त क्षेत्रलाई ध्यानमा राख्दै प्रदेश सरकारले ड्रोनसम्बन्धी आवश्यक कानुन निर्माण गर्नेछ । नेपालजस्तो जोखिमपूर्ण भूगोल भएको देशमा आफ्नै प्रविधिको विकास अपरिहार्य रहेको छ ।’
कार्यक्रममा श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले नेपाल प्रविधिसँगै अद्यावधिक हुँदै गएको बताए । विपद् व्यवस्थापन, यातायात र सुशासनमा प्रविधिको प्रयोग अपरिहार्य रहेको उनले बताए । डोजरमुखी विकासले प्राकृतिक प्रकोप निम्त्याएको भन्दै उनले प्रकृतिमैत्री प्रविधिको आवश्यकता रहेको उनको भनाई छ ।
आइडिया हब इन्टरनेशनलका प्रतिनिधि सुरज पौडेलले ड्रोन केवल तस्बिर वा भिडियो खिच्न नभई विषादी छर्न र अत्यावश्यक सामग्री ढुवानी गर्न समेत प्रयोग गर्न सकिने बताए । उनले प्रविधिको तीव्र विकासका कारण पुराना नियम तथा कानुनहरू संशोधन गर्न आवश्यक रहेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण