नेपालमा ‘युरो ६’ लागू
सारांश
- नेपालमा सवारी साधनका लागि युरो ६ मापदण्ड लागु भएको छ, जसले प्रदूषण कम गर्ने लक्ष्य राखेको छ।
- यो मापदण्ड दुई पाङ्ग्रे, तीन पाङ्ग्रे र चार पाङ्ग्रे लघु सवारी साधनमा लागू हुनेछ, तर केही विशेष सवारी साधनमा लागू हुने छैन।
- युरो ६ मापदण्डले कम धुवाँ उत्सर्जन र इन्धन खपत कम गर्ने अपेक्षा गरिएको छ, र यो भारतमा पहिले नै लागु भइसकेको छ।
काठमाडौँ । नेपालको सवारी साधनमा ‘युरो ६’ मापदण्ड लागू भएको छ । ९ असारमा वन तथा वातावरण मन्त्रालयले राजपत्रमा नेपाली सवारी साधन प्रदूषण मापदण्ड २०८२ ल्याएको हो ।
राजपत्रमा प्रकाशित भएसँगै नेपालमा युरो ६ मापदण्ड लागु हुने वन तथा वातावरण मन्त्रालयले जनाएको छ । राजपत्र अनुसार यो मापदण्ड नेपालमा उत्पादन, एसेम्बल वा पैठारी हुने दुई पाङ्ग्रे, तीन पाङ्ग्रे वा हलुका चार पाङ्ग्रे लघु सवारी साधन, कम्तीमा चार पाङ्ग्रा भएको सवारी साधन तथा त्यस्ता सवारी साधन उत्पादन गर्न पैठारी गरिने पार्टपूर्जाको हकमा लागू हुनेछ ।
यस्तै ट्र्याक्टर, पावर टिलर तथा डोजर, क्रेन, रोलर, एक्सक्याभेटर जस्ता निर्माण उपकरण तथा रक्षा मन्त्रालयको सिफारिसमा आयात हुने सैनिक प्रयोजनका विशेष सवारीमा यो मापदण्ड लागु हुँदैन । युरो ६ सवारी प्रदूषण परीक्षण विधि हो ।
अहिले लागु भएको दुई पाङ्ग्रे, तीन पाङ्ग्रे र चार पाङ्ग्रे लघु सवारी साधनको हकमा अब युरो–५ र कम्तीमा चार पाङ्ग्रा भएका सवारी साधनको हकमा अब युरो–६ मापदण्ड बमोजिमको प्रदूषण परीक्षण विधि मात्रै मान्य हुनेछ ।
यो परीक्षण विधि युरोपका लागि संयुक्त राष्ट्र सङ्घीय वित्त आयोग बाट सिफारिस भएको समानस्तरको परीक्षण विधिलाई यस मापदण्डको परिपालना सम्बन्धी परीक्षण प्रयोजनका लागि मान्यता दिइने गरेको छ ।
उत्पादक राष्ट्रमा मान्यता दिई अभ्यासमा रहेका र सम्बन्धित युरो मापदण्ड सरहका वा तुलनायोग्य विधिलाई समेत यस मापदण्डको परिपालना सम्बन्धी परीक्षण प्रयोजनका लागि मान्यता दिइने राजपत्रमा उल्लेख छ ।
यो मापदण्ड कायम गर्ने सवारी साधनले कम धुवाँ फाल्ने गर्दछ भने इन्धनको खपत पनि कम हुने गर्दछ । भारतमा यस अघि नै युरो ६ लाई भारत ६ भनेर लागु भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण