एमालेले भन्याे – सरकारको एक वर्ष सन्तोषजनक
बुधबार, ११ असार २०८२, १९ : ०१
सारांश
- नेकपा एमालेले सरकारको एक वर्षे कार्यकाललाई सन्तोषजनक ठहर गर्यो।
- बैठकमा सरकारका काम र राष्ट्रिय राजनीतिबारे छलफल भयो, अर्थतन्त्र लयमा फर्किएको निष्कर्ष निकालियो।
- एमालेले सुशासन र सेवा प्रवाहमा ध्यान दिनुपर्ने आवश्यकता औंल्यायो, विरोधका स्वर मत्थर हुँदै गएको निष्कर्ष छ।
काठमाडौँ । नेकपा एमालेले सरकारको एक वर्षे कार्यकाल सन्तोषजनक रहेको निष्कर्ष निकालेको छ । बुधबार बसेको सचिवालय बैठकले यस्तो निष्कर्ष निकालेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । बैठकमा सरकारको एक वर्ष र सरकारले गरेका कामसहित समग्र राष्ट्रिय राजनीतिका बारेमा छलफल भएको थियो ।
‘दुई दलको मुख्य सहभागितामा बनेको सरकारको एक वर्षे कार्यकाल सन्तोषजनक रहेको,स्थायित्वका लागि बलियो आधार बन्दै गएको । अर्थतन्त्रले बिस्तारै लय समाउन थालेको निष्कर्ष रहेको छ’, ज्ञवालीले भने, ‘विरोधका स्वरहरू सम्बोधन हुँदै गएको र मत्थर हुँदै गएको तथा प्रतिगामी प्रयासहरू निस्तेज भएको निष्कर्ष पनि निकालेको छ ।’
एमालेले समग्रमा देशले सही दिशा लिएको र सरकारमा एमालेको नेतृत्व प्रभावकारी भएको ठहर गरेपनि सुशासन र सेवा प्रवाहमा अझै ध्यान दिनुपर्ने आवश्यकता औँल्याएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रेयस अय्यरको कप्तानीमा भारतले जित्यो पहिलो सिरिज, जिम्बावे दोस्रो खेलमा ९० रनले पराजित
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण