मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

पुटिनले युक्रेनसँगको युद्ध अन्त्य गर्न चाहेको ट्रम्पको दाबी

बुधबार, ११ असार २०८२, २२ : ३५
बुधबार, ११ असार २०८२

सारांश

  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेन युद्ध अन्त्य गर्न चाहेको दाबी गरे।
  • ट्रम्पले नेटो बैठकमा पुटिन युद्ध अन्त्य गर्न इच्छुक रहेको बताए, तर उनले युक्रेनलाई थप सहायता दिने सम्भावना कम देखाए।
  • ट्रम्पले इरान-इजरायल र भारत-पाकिस्तानबीचको तनाव समाधान गरेको दाबी गरे र यो समस्या समाधानका लागि आफूले धेरै फोन गरेको बताए।

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनसँगको जारी युद्ध अन्त्य गर्न चाहेको दाबी गरेका छन्।

ट्रम्पले बुधबार नेदरल्याण्ड्समा सम्पन्न नेटोको बैठकको क्रममा उक्त दाबी गरेका हुन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीका अनुसार उनले भने, ‘हेरौँ के हुन्छ। पुटिन यो युद्ध सक्न चाहन्छन्। हरेक स्तरमा मानिसको ज्यान गइरहेको छ, जुन निकै दुःखद हो। यस्तो स्थिति पहिले देखिएको थिएन।’

उनले अमेरिका युक्रेनलाई आगामी दिनमा थप सहायता नदिन सक्ने सङ्केत पनि दिए।

रुस–युक्रेन युद्ध समाधान गर्न निकै जटिल भएको उल्लेख गर्दै उनले भने, ‘जसरी मानिसहरू सोच्छन्, त्योभन्दा यो धेरै कठिन छ। यो साँच्चिकै जटिल विषय हो।’

यस्तै, ट्रम्पले आफ्नो कार्यकालमा इरान–इजरायल र भारत–पाकिस्तानबीचको तनाव अन्त्य गराएको दाबी पनि दोहोर्‍याए। भारत–पाकिस्तानको सन्दर्भमा उनले भने, ‘मैले धेरै टेलिफोन कलमार्फत यो समस्या समाधान गराएको हुँ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप