रोनाल्डो अझै दुई वर्ष अल–नासरमै रहन सक्ने
बिहीबार, १२ असार २०८२, ०५ : २१
सारांश
- क्रिस्टियानो रोनाल्डोले साउदी क्लब अल-नासरसँग दुई वर्षको नयाँ सम्झौता गर्दै छन्।
- यसअघि क्लब छाड्ने हल्ला चले पनि, रोनाल्डो क्लबमै रहने सम्भावना बढेको छ।
- रोनाल्डोले सन् २०२३ मा अल-नासरमा प्रवेश गरेका थिए र उनले १११ खेलमा ९९ गोल गरेका छन्।
काठमाडाैँ । क्रिस्टियानो रोनाल्डोले साउदी क्लब अल–नासरसँग नयाँ दुई वर्षे सम्झौता गर्न लागेका छन्।
केही समयअघि उनले ‘अध्याय समाप्त भयो’ भनेर सामाजिक सञ्जालमा लेखेपछि क्लब छोड्ने चर्चा चलेको थियो। तर अहिले उनी क्लबमै रहने निष्कर्षमा पुगेको सङ्केत देखिएको स्रोतलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।
उनको हालको सम्झौता यो महिनाको अन्त्यमा सकिँदै छ।
रोनाल्डोले सन् २००९ देखि सन् २०१८ सम्म स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिडबाट व्यवसायी फुटबल खेलेका थिए । त्यसपछि उनले तीन वर्ष इटालियन सिरिए क्लब युभेन्ट्समा बिताएका उनी सन् २०२३ मा अल-नासरमा प्रवेश गरेका थिए। उनले क्लबका लागि १११ खेलमा ९९ गोल गरिसकेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण