अल–नासर छाड्दै स्टार फुटबलर रोनाल्डो !
सारांश
- क्रिस्टियानो रोनाल्डोले साउदी क्लब अल-नासर छाड्ने संकेत गरेका छन्, उनले सामाजिक सञ्जालमा 'अध्याय समाप्त भयो' पोस्ट गरे।
- रोनाल्डो २०२३ मा म्यानचेस्टर युनाइटेड छाडेर अल-नासरमा गएका थिए र उनको सम्झौता गृष्म ऋतुमा सकिँदैछ।
- अल-नासरको एसियन च्याम्पियन्स लिग सपना र साउदी लिगमा तेस्रो स्थानमा आएपछि रोनाल्डोको आलोचना भएको छ।
काठमाडौँ । समकालीन विश्व फुटबलको महान् खेलाडीमध्येका एक क्रिस्टियानो रोनाल्डोले साउदी अरेबियन क्लब अल–नासर छाड्ने सङ्केत गरेका छन् । ४० वर्षीय पोर्चुगिज स्टार रोनाल्डोले सामाजिक सञ्जालमार्फत यस्तो सङ्केत गरेका हुन् ।
साउदी व्यवसायी लिग समाप्त भएलगत्तै उनले सामाजिक सञ्जालमा ‘अध्याय समाप्त भयो’ भनेर पोस्ट गरेका छन् । रोनाल्डो सन् २०२३ मा इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड छाडेर अल–नासरमा आबद्ध भएका थिए ।
अल–नासरसँग उनको सम्झौता अवधि यही गृष्म ऋतुमा सकिँदै छ । आगामी सिजनका लागि खेलाडी स्थानान्तरण गर्न विशेष ट्रान्सफर विन्डो पनि जुन १ देखि १० तारिखसम्म खुला हुँदै छ । फिफा क्लब विश्वकपको आगामी संस्करणलाई ध्यानमा राखी विशेष ट्रान्सफर विन्डो खुला गरिएको हो ।
‘अध्याय समाप्त भएको छ,’ उनले अल–नासरको जर्सी लगाएको आफ्नो तस्बिरसहित सामाजिक सञ्जालमा पोस्ट गरेका छन्, ‘अनि कथा ? अझै लेखिन बाँकी छ ।’ उनले सबै शुभचिन्तकप्रति आभार पनि व्यक्त गरेका छन् ।
रोनाल्डोले सन् २००९ देखि सन् २०१८ सम्म स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिडबाट व्यवसायी फुटबल खेलेका थिए । त्यसपछि उनले तीन वर्ष इटालियन सिरिए क्लब युभेन्ट्समा बिताएका थिए ।
रोनाल्डो वर्तमान क्लब अल–नासरको एसियन च्याम्पियन्स लिग सपना पनि समाप्त भइसकेको छ । त्यसपछि उनको आलोचना पनि बढेको थियो । साउदी व्यवसायीक लिगमा पनि उनको टोली तेस्रो भएको छ ।
रोनाल्डो भने यो सिजन साउदी लिगमा सर्वाधिक गोल गर्ने खेलाडी हुन् । उनले कुल २४ गोल गरेका छन् । पाँचपटकका बालोन डी’ओर विजेता रोनाल्डोले आफ्नो अगामी योजनाको विषयमा भने थप केही बताएका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण