ओलीलाई छाडेर उपेन्द्रले गर्लान् प्रचण्डसँग सहकार्य ?
काठमाडौँ । सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरिरहेको जनता समाजवादी पार्टी नेपालले यसको औपचारिक प्रक्रिया चाँडै नै पूरा गर्ने जनाएको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेपछि जसपा नेपालले प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रसँग सहकार्य गर्ला कि नगर्ला भन्नेबारे राजनीतिक वृत्तमा चासोको विषय बनेको छ ।
प्रमुख विपक्षी दलको भूमिकामा प्रचण्ड नेतृत्वको माओवादी केन्द्र छ । जसपा नेपाल विपक्षी कित्तामा गए पनि माओवादीसँग सहकार्य नहुने जसपा नेपालका महासचिव रामकुमार शर्माले बताए । उनले भने, ‘विपक्षमा हुने बित्तिकै प्रचण्डको पछिपछि जानुपर्छ भने छैन । गुण र दोषका आधारमा सहकार्य हुन्छ, नत्र हामी आफ्नो तरिकाले प्रस्तुत हुन्छौँ ।’
२०८१ वैशाखमा अशोक राईले जसपा नेपाल विभाजन गरेर जसपा गठन गर्दा माओवादीका अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राईलाई सहयोग गरेको जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको बुझाइ छ । प्रचण्डले पनि यसमा आफ्नो भूमिका रहेको स्वीकार गरेपछि प्रचण्ड र उपेन्द्र यादवबिच पानी बाराबारको स्थिति उत्पन्न भयो । जबकि यी दुई नेताबिच सहकार्यको लामो इतिहास थियो ।
आफ्नो पार्टी विभाजनमा भूमिका निर्वाह गरेको भन्दै प्रचण्डसँग अहिलेसम्म पनि उपेन्द्र यादवले निकट सम्बन्ध राखेका छैनन् । त्यसैले आफू विपक्षी कित्तामा पुग्दा पनि माओवादी केन्द्रसँग सहकार्य नगर्ने मनस्थितिमा उपेन्द्र यादव रहेको उनी निकटका नेता बताउँछन् ।
केपी शर्मा ओली नेतृत्वको सरकारलाई उपेन्द्र यादवले समर्थन जनाउनुमा पनि प्रचण्डसँग आक्रोश नै मुख्य कारण रहेको कतिपयको बुझाइ छ । ओली नेतृत्वको सरकारलाई जसपा नेपालले समर्थन जनाए पनि सरकारमा सहभागिताका लागि ठाउँ पाउन सकेन । जसपा नेपालले मधेस सरकारको नेतृत्व पाउने अपेक्षा गरे पनि कांग्रेस–एमाले गठबन्धनले जनमत पार्टीसँग सहकार्य गर्दै मधेस सरकारको नेतृत्व सोही पार्टीलाई दियो ।
सत्ता गठबन्धनले जसपा नेपाललाई सहयोगी घटककोजस्तो व्यवहारसमेत नगरेपछि सत्ता पक्षको बेन्चमै रहे पनि जसपा नेपालले सरकारको आलोचना गरिरह्यो । सत्ता पक्षमा रहेर पनि उसको भूमिका विपक्षी दलकै जस्तो रहँदै आएको थियो ।
जसपा नेपालका प्रवक्ता मनिष सुमनले पनि प्रचण्ड विश्वसनीय व्यक्ति नभएका कारण आफूहरूको सहकार्य नहुने बताए । ‘प्रचण्डले विगतदेखि पटक–पटक धोका दिएका कारण विश्वास गर्ने आधार छैन,’ उनले भने, ‘त्यही भएर विपक्षी गठबन्धनमा माओवादी केन्द्रसँग सहकार्य हुँदैन ।’
जसपा नेपालका महासचिव शर्माले भने, ‘हामीले सरकारलाई समर्थन गरे पनि सरकारको पक्षमा कहिल्यै बोलेनौँ, गुण र दोषको आधारमा मूल्याङ्कन गर्ने हाम्रो भूमिका थियो ।’
आफूहरू विपक्षी बेन्चमा गएको अवस्थामा समेत माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग त्यस प्रकारकै भूमिका रहने प्रस्ट पार्दै उनले भने, ‘प्रमुख विपक्षी दल माओवादीलाई पनि गुण र दोषको आधारमा सहयोग गर्ने नीति लिन्छौँ ।’
जसपा नेपालका आफ्नै मुद्दा रहेको जिकिर गर्दै शर्माले ती मुद्दामा माओवादी केन्द्रको कस्तो सहयोग हुन्छ, त्यसकै आधारमा सम्बन्ध निर्धारण हुने प्रस्ट पारे । जसपा नेपाल संसदमा भए पनि सडकको मोर्चालाई सशक्त बनाएर जाने तयारीमा लागेको उनको भनाइ छ ।
जसपा नेपालका प्रवक्ता मनिष सुमनले पनि प्रचण्ड विश्वसनीय व्यक्ति नभएका कारण आफूहरूको सहकार्य नहुने बताए । ‘प्रचण्डले विगतदेखि पटक–पटक धोका दिएका कारण विश्वास गर्ने आधार छैन,’ उनले भने, ‘त्यही भएर विपक्षी गठबन्धनमा माओवादी केन्द्रसँग सहकार्य हुँदैन ।’
प्रचण्ड र उपेन्द्रको विगत
जसपा नेपाल विभाजन हुनु अघिसम्म माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवबिचको सम्बन्ध सौहाद्रपूर्ण नै थियो । यद्यपि उनीहरूबिच कहिले दुरी बढ्ने, कहिले निकट हुने क्रम पटक–पटक हुँदै आएको छ ।
पहिलो पटक २०६३ चैत ७ गते गौर हत्याकाण्ड हुँदा माओवादीका अध्यक्ष प्रचण्ड र उपेन्द्र यादवबिच दुरी बढेको थियो । सो घटनापछि उपेन्द्र यादव भूमिगत भएका थिए भने यादवलाई भौतिक कारबाही गर्ने भन्दै माओवादीले खोजी गरिरहेको थियो । पहिलो संविधान सभाको चुनावपछि उनीहरूको बिचमा सम्बन्ध विस्तार भयो ।
दोस्रो पटक संविधान निर्माणका क्रममा २०७२ जेठ २५ गते १६ बुँदे सम्झौता हुँदा उनीहरूको बिचमा दुरी बढेको थियो । त्यतिवेला उपेन्द्र यादव र प्रचण्ड एउटै गठबन्धनमा थिए । गठबन्धन छाडेर प्रधानमन्त्री प्रचण्डले कांग्रेस, एमालेसँग मिलेर १६ बुँदे सम्झौता गरी फास्ट ट्रयाकमा संविधान निर्माण गर्ने सहमति गरेका थिए ।
सो सम्झौतामा प्रचण्डले तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारको साथ लिएका थिए । गठबन्धनको आन्दोलन छाडेर प्रचण्ड संविधान निर्माणमा गएकोमा उपेन्द्र यादव असन्तुष्ट बनेका थिए ।
प्रचण्ड र उपेन्द्र यादवबिच कुनै वेला पार्टी एकता गर्ने तहसम्मको चर्चा चलेको थियो । आन्दोलन होस् या सरकारमा उपेन्द्र यादव र प्रचण्डले एक अर्कालाई साथ दिएका प्रशस्त उदाहरण छन् । उपेन्द्र यादवलाई अप्ठ्यारो पर्दा प्रचण्डले सघाउने, प्रचण्डलाई अप्ठ्यारो हुँदा उपेन्द्रले सघाउने गरेका थिए ।
तेस्रो पटक २०७९ को प्रतिनिधि सभा चुनावमा २०७९ असोज २१ गते उपेन्द्र यादवले पाँच दलीय गठबन्धन छाडेपछि प्रचण्ड र उनीबिच दुरी बढेको थियो । २०७९ को चुनावमा पाँच दलीय गठबन्धनबिच तालमेल हुने सहमति थियो तर सीट भागबन्डामा कुरा नमिलेका कारण उपेन्द्र यादव सो गठबन्धन छाडेर एमालेसँग तालमेल गर्न पुगेका थिए । त्यसले गर्दा प्रचण्ड र उनीबिचको सम्बन्ध फेरि चिसिएको थियो ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएको बेला गौर घटनाको विषयमा सरकारले छानबिन गर्न थालेपछि प्रचण्ड र उपेन्द्र यादवबिच चौथो पटक दुरी बढेको थियो ।
पार्टी विभाजनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको हात रहेको कुरालाई लिएर दुई जनाको बिचमा पाँचौ पटक दुरी बढेको हो ।
पार्टी एकतासम्मको थियो चर्चा
प्रचण्ड र उपेन्द्र यादवबिच कुनै वेला पार्टी एकता गर्ने तहसम्मको चर्चा चलेको थियो । आन्दोलन होस् या सरकारमा उपेन्द्र यादव र प्रचण्डले एक अर्कालाई साथ दिएका प्रशस्त उदाहरण छन् । उपेन्द्र यादवलाई अप्ठ्यारो पर्दा प्रचण्डले सघाउने, प्रचण्डलाई अप्ठ्यारो हुँदा उपेन्द्रले सघाउने गरेका थिए ।
गौर हत्याकाण्डपछि प्रचण्ड र उपेन्द्र यादवबिचको सम्बन्धमा नराम्रो गरी चिरा परेको थियो । माओवादीका २७ जना कार्यकर्ताको ज्यान जाने गरी भएको घटनाका कारण मधेस आन्दोलनमा माओवादी र तत्कालीन मधेस जनअधिकार फोरमबिच द्वन्द्व देखिन्थ्यो । मधेस आन्दोलनको क्रममा तत्कालीन फोरम र सरकारबिच १३ बुँदे र २२ बुँदे सम्झौता हुँदा पनि प्रचण्ड र उपेन्द्रबिच सम्बन्ध सुधार भइरहेको थिएन । २०६४ फागुन ८ गते बालुवाटारमा भएको आठ बुँदे सम्झौतापछि दुई जना बिचको सम्बन्धमा सुधार आयो ।

प्रचण्डले आफ्नो नेतृत्वमा बनाएको सरकार होस् या आन्दोलनको लागि बनाएको गठबन्धनमा उपेन्द्र यादवलाई सामेल गराएकै हुन्थे । प्रचण्ड नेतृत्वको कुनै पनि मोर्चा वा सरकार उपेन्द्र यादवविना बनेको छैन ।
प्रचण्डले तीन पटक सरकारको नेतृत्व गरे । तीनै पटक उपेन्द्र यादवले प्रचण्डलाई साथ दिए । कतिपय अवस्थामा माओवादीलाई क्षति पुर्याएर भए पनि प्रचण्डले उपेन्द्र यादवलाई सहयोग गरेका थुप्रै उदाहरण छन् ।
२०७९ को चुनावमा एमालेसँग तालमेल गरेका उपेन्द्र यादवले चुनाव सकिएपछि एमालेको साथ छाडेका थिए । त्यसपछि प्रचण्ड र उपेन्द्र एउटै गठबन्धनमा सामेलमात्र भएनन्, उपनिर्वाचनमा सहकार्य गरेर उपेन्द्र यादवलाई जिताउन प्रचण्डले उल्लेखनीय भूमिका निर्वाह गरे ।
पछिल्लो समय माओवादीले पाएको उपराष्ट्रपति पद पनि उपेन्द्र यादवकै पार्टीलाई दिए । त्यतिमात्र होइन, प्रचण्डले बाराबाट उपेन्द्र यादवलाई उपनिर्वाचन पनि जिताएर ल्याए ।
बाराको उपनिर्वाचनमा आयोजित आमसभालाई सम्बोधन गर्दै माओवादीका अध्यक्ष प्रचण्डले भनेका थिए, ‘आफ्नो भागको उपराष्ट्रपति दिएर उपेन्द्र यादवलाई मेलै नै बारा–२ मा चुनाव लड्न पठाएको छु ।’
२०७९ को चुनावमा एमालेसँग तालमेल गरेका उपेन्द्र यादवले चुनाव सकिएपछि एमालेको साथ छाडेका थिए । त्यसपछि प्रचण्ड र उपेन्द्र एउटै गठबन्धनमा सामेलमात्र भएनन्, उपनिर्वाचनमा सहकार्य गरेर उपेन्द्र यादवलाई जिताउन प्रचण्डले उल्लेखनीय भूमिका निर्वाह गरे ।
चुनावपछि प्रचण्डको नेतृत्वका बनेको सरकारमा उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल सहभागी पनि भयो । तर सरकारमै रहेको बेला जसपा नेपाल विभाजन भयो । त्यो विभाजन आफूले गराएको भनेर प्रचण्डले दिएको अभिव्यक्तिपछि उपेन्द्र यादव प्रचण्डसँग टाढिएका छन् । संसदमा विपक्षी मोर्चामा बस्दै गर्दा यी दुई नेताबिचको सम्बन्ध कस्तो रहला भन्नेबारे आम चासो बनेको छ । यद्यपि, जसपा नेपाल औपचारिक रूपमा विपक्षी कित्तामा पुग्न बाँकी नै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण