भौतिक पूर्वाधार मन्त्री दाहाल ईस्तान्बुल प्रस्थान
सारांश
- भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल टर्कीको इस्तान्बुल प्रस्थान गरेका छन्।
- उनी ग्लोबल ट्रान्सपोर्ट कनेक्टिभिटी फोरम २०२५ मा भाग लिन गएका हुन्, जहाँ क्षेत्रीय विकासबारे छलफल हुनेछ।
- मन्त्री दाहालले जुन २७ मा भूपरिवेष्ठित राष्ट्रहरूको विकासबारे प्रस्तुति दिनेछन् र ३० जुनमा नेपाल फर्किनेछन्।
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल टर्कीको ईस्तान्बुल प्रस्थान गरेका छन् । ग्लोबल ट्रान्सपोर्ट कनेक्टिभिटी फोरम २०२५ मा भाग लिन उनी नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै बिहीबार बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् । जुन २७ देखि २९ सम्म आयोजना हुने समारोहमा भाग लिन मन्त्री दाहाल ईस्तान्बुल गएका हुन् ।
समारोहमा मन्त्री दाहालले जुन २७ का दिन भूपरिबेष्ठितबाट भूजडीत प्रयास मार्फत क्षेत्रीय विकासका रणनीतिक अवसरहरूका विषयमा संशोधन गर्नेछन् ।
सो समारोहमा विभिन्न मुलुकका मन्त्रीहरू, उच्चस्तरीय नीति निर्माता, अन्तर्राष्ट्रिय संस्थाहरू तथा वित्तीय संस्थाहरूका प्रतिनिधिहरू, उद्योग क्षेत्रका अगुवा, निजी क्षेत्र तथा विज्ञहरू सहभागी हुने जनाइएको छ । कार्यक्रममा अन्तर्राष्ट्रिय यातायात मार्गहरूको विकास तथा अभिवृद्धिमा उच्चस्तरीय छलफल हुने छ ।
मन्त्री दाहाल ३० जुनमा नेपाल फर्कने कार्यतालिका रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण