बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
कृषि

मलको हाहाकार छ, भइरहन्छ : मन्त्री अधिकारी

बिहीबार, १२ असार २०८२, १४ : १०
बिहीबार, १२ असार २०८२

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले मलको हाहाकार सधैँ भइरहने बताएका छन् । नेपाल डेरी एसोसिएसनले बिहीबार आयोजना गरेको दही चिउरा प्रवर्द्धन कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले मलको हाहाकार रहेको र भइरहने बताएका हुन् । 

गत वर्ष कृषि मन्त्रालयलाई २७ अर्ब ९५ करोड बजेट विनियोजन गरिएको र जम्मा साढे ४ लाख टन भन्दा मल आएको बताए । बजारमा मागको आपूर्ति ११ लाखदेखि १३ लाख टनको रहेको र एक चौथाई मलले किसानलाई समयमै मल पुर्‍याउन सक्ने स्थिति नरहेको बताए । उधारो दुध वर्षौँदेखि खाइरहेको र भुक्तानी दिन नसकेको भन्दै उनले दुःखेसो समेत गरे । 

मन्त्री अधिकारीले चिस्यान केन्द्र, बीमा लगायतका धेरै समस्याहरु रहेको समेत बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप