धरौटीमा छुटेका निलम्बित मेयर थापाको अर्को भ्रष्टाचार मुद्दामा सुनुवाइ जारी
काठमाडौँ । भ्रष्टाचारको एक मुद्दामा विशेष अदालतबाट ३ लाख धरौटीमा छुटेका बागमती नगरपालिकाका मेयर भरतबहादुर थापाको अर्को भ्रष्टाचार मुद्दामा सुनुवाइ जारी छ ।
विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर, मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासमा थापाविरुद्धको गैरकानुनी रूपमा आर्जन सम्बन्धी भ्रष्टाचार मुद्दामा सुनुवाइ भइरहेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० चैत २७ गते थापाले अवैधानिक तरिकाले ५ करोड ३३ लाख रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
थापाविरुद्ध विशेषमा तीन वटा भ्रष्टाचार मुद्दा रहेका छन् । बागमतीको वडा नम्बर ४ र १२ मा पर्ने सागरनाथ वन विकास परियोजनाको वन क्षेत्र अतिक्रमण गरी ढुङ्गा, गिट्टी, बालुवा, माटो उत्खनन गरेर परेको खाल्डोमा माछापोखरी निर्माणका नाममा करोडौँ रकम सङ्घ र प्रदेशबाट माग गरी ५६ करोड ७१ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोप उनीमाथि थियो ।
सम्पत्ति शुद्धीकरणको उक्त मुद्दामा न्यायाधीश टेकनारायण कुँवर र रामबहादुर थापाको इजलासले गत असार ५ गते उनलाई धरौटीमा छाड्ने आदेश गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
-
महिनावारीमा दुखाइ कम गर्ने औषधिले बाँझोपन निम्त्याउँछ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण