मधेस प्रदेश : बजेटको छलफलमा सहभागी नहुने विपक्षी पाँच दलको निर्णय
जनकपुर । मधेस प्रदेशको आगामी आर्थिक वर्षको बजेटलाई लिएर सरकारको नेतृत्वकर्ता दल जनमत पार्टी नै असन्तुष्ट भएर सरकार नै छाड्नेसम्मको चर्चा भइरहँदा विपक्षी दलले पनि बजेटको छलफलमै सहभागी नहुने निर्णय गरेको छ ।
बिचौलियाको स्वार्थमा रेडबुकममा बजेट राखिएको भन्दै पाँच विपक्षी दलले संयुक्तरुपमा सदनको बैठकमा सहभागी नहुने निर्णय गरेको माओवादीका प्रदेश सांसद युवराज भट्टराईले जानकारी दिए ।
उनका अनुसार बिहीबार बसेको विपक्षी मोर्चाको बैठकले बजेटमा बिचौलियाको प्रवेश भएको ठहर गरेको छ । त्यसकारण बजेटको बारेमा हुने कुनै पनि छलफलमा नजाने विपक्षी मोर्चाको निर्णय गरेको उनले बताए ।
मधेस सभामा विपक्षी मोर्चामा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, राप्रपा र नेपाल संघीय समाज वादी पार्टी रहेका छन् ।
सत्ताको नेतृत्वकर्ता दल र प्रतिपक्षले समेत बजेटको विषयमा विरोध जनाउन थालेपछि प्रदेशसभाको बैठक अर्को सूचना प्रकाशन नहुँदासम्मको लागि स्थगित भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
प्रदेश सभामुख रामचन्द्र मण्डलले सरकारको आग्रहमा सदनको बैठक स्थगित गरिएको बताए । उनले भने, ‘आज दिउँसो १ बजेदेखि सदनको बैठक थियो, तर बजेटको विषयलाई लिएर धेरै विवादहरू हुन थाल्यो । यही कारणले प्रदेश सरकारले बैठक रोक्न आग्रह गर्यो । सोही आग्रह बमोजिम अर्को सूचना नआउञ्जेलसम्मका लागि बैठक स्थगन गरिएको छ ।’
कांग्रेसका अर्थमन्त्री सुनिल यादवले जनमत पार्टीबाट मुख्यमन्त्री बनेका सतिशकुमार सिंहलाई समेत बाइपास गरेर बजेट ल्याएको आरोप लागेको छ । बजेटमा बाइपास गरिएको भन्दै जनमतले सरकारमा बस्ने वा छोड्ने भन्ने विषयमा छलफल थालिसकेको छ ।
मधेस सरकारले १ असारमा ४६ अर्ब भन्दा बढीको बजेट ल्याएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण