असार १५ मा ८० लाख लिटर दही खपत हुने अनुमान
सारांश
- असार १५ गते धान दिवसमा ८० लाख लिटर दही खपत हुने अनुमान गरिएको छ।
- डेरी एसोसिएसनका अनुसार दही चिउरा खाने दिनमा करिब १ अर्ब ४० करोड रुपैयाँ बराबरको कारोबार हुनेछ।
- दहीमा प्रोटिन, क्याल्सियम, भिटामिन बी-१२ र प्रोबायोटिक्स पाइन्छ जसले स्वास्थ्यमा फाइदा गर्छ।
काठमाडौँ । नेपाली राष्ट्रिय धान दिवस अर्थात् १५ असारमा ८० लाख दही खपत हुने अनुमान गरिएको छ । नेपाल डेरी एसोसिएसनका अनुसार दही चिउरा खाने दिनमा ८० लाख लिटर दही खपत हुने अनुमान भएको हो । एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालका अनुसार देशभर करिब १ अर्ब ४० करोड रुपैयाँ बराबरको दहीको कारोबार हुने अनुमान रहेको छ ।
नेपाल डेरी एसोसिएसनले बिहीबार काठमाडौँमा ‘दही चिउरा खाने विशेष कार्यक्रम – २०८२’ गरेर दही खपत र यसको महत्वबारे जानकारी गराएको हो । सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी, विशेष अतिथिमा उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष हेमराज ढकालको उपस्थिति रहेको थियो ।
के छ दहीको महत्त्व ?
डेरी एसोसिएसनका अनुसार दही चिउरा जस्ता परम्परागत आहारहरू केवल सांस्कृतिक पहिचान नभई पोषणीय दृष्टिले पनि अत्यन्त महत्त्वपूर्ण छन्। दहीमा प्रोटिन, क्याल्सियम, भिटामिन बी–१२ तथा लाभदायक ब्याक्टेरिया (प्रोबायोटिक्स) पाइने भएकाले यसले पाचन प्रणाली सुदृढ बनाउनुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउने कार्य गर्दछ ।
साथै, छालालाई स्वस्थ राख्ने, हड्डी तथा दाँत बलियो बनाउने र मानसिक सन्तुलन कायम राख्न सहयोग पुर्याउने यसको विशेषता हो। नेपाली संस्कृति अनुसार दही शुभ कार्यमा सगुनको रूपमा प्रयोग गरिन्छ, जसले गर्दा यसको सामाजिक तथा धार्मिक मूल्य पनि उच्च छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण