प्रचण्डको गुनासो : हाम्रा धेरै साथीले बुझेनन्, दुःख लागेको छ
सारांश
- अध्यक्ष प्रचण्डले माओवादीकै नेताहरूले संसद् अवरोध खुलाउन गरेको सहमति नबुझेको बताए।
- प्रचण्डले विद्यालय ऐन र नागरिकता विधेयक पास गर्न सदन खुलाउन पहल गरेको बताए।
- उनले केही नेताहरूले नेतृत्वलाई घेराबन्दी गर्न खोजेको आरोप लगाए।
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीकै कतिपय नेताहरूले संसद् अवरोध खुलाउन गरेको सहमतिलाई नबुझी प्रतिक्रिया दिएको बताएका छन् । बिहीबार पार्टी निकट अखिल नेपाल ट्रेड युनियन महासङ्घको केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।
विद्यालय ऐन, निजामती, नागरिकता लगायतका विधेयकहरू पास गर्नुपर्ने बाध्यताका कारण सदन खुलाउन पहल गरेको प्रचण्डको भनाइ छ । ‘तर हाम्रा धेरै साथीले बुझेनन् मलाई दुःख छ’, प्रचण्डले भने, ‘सरकारको नेतृत्व सदन नचलोस् भन्ने चाहेको हामीले बुझ्यौँ । अहिले पनि त्यहीँ छ । यो नचल्दिए हुन्थ्यो भन्ने छ । सदन भङ्ग भइदिएदेखि अध्यादेशबाट सबै गर्ने । चाहे बजेट होस् चाहे अन्य ऐनको कुरा होस् ।’
उनले त्यही कुरा बुझेर आफूले कदम चालेको बताए । ‘अर्कोतिर सत्तामा भएकाहरूको बिचमा जे जति दुरी अन्तर के के छ के हो भनेर बुझ्नुपर्ने आवश्यकता पनि छ । त्यही परिस्थितिमा हामीले केही कदम चालेका छौँ ढिलो छिटो परिणाम निक्लेकै छ,निक्लन्छ’, प्रचण्डले एकथरी मानिसले जानिबुझी गलत प्रचार गरेर लिडरसिपलाई कसरी घेराबन्दी गर्ने भन्नेमा लागेको भन्दै त्यसबारे मजदुर वर्गले बुझिदिनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
-
बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण