खर्च नभएको रकम फिर्ता गर्न मन्त्रालयको निर्देशन
बिहीबार, १२ असार २०८२, १८ : ५१
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खर्च नहुने रकम फिर्ता गर्न मातहतमा निकायलाई निर्देशन दिएको छ ।मन्त्रालयले अस्पताल, प्रतिष्ठान, समिति, बोर्ड परिषद् केन्द्रलाई निःशर्त बाहेकको अन्य अनुदान रकम सोही आर्थिक वर्ष भित्र खर्च हुन नसकी बाँकी रहेको फिर्ता गर्न निर्देशन दिएको हो ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीको नियम ७९ को उपनियम ३ मा निःशर्त बाहेकको अन्य अनुदान रकम फिर्ता गर्न भनिएको हो ।यस्तै, चालु आर्थिक वर्ष २०८१/८२ मा कोष तथा लेखा नियन्त्रण कार्यालयबाट निकासा लिइसकेका तर खर्च नहुने रकम सम्बन्धित कोष तथा लेखा नियन्त्रण कार्यालयसँग समन्वय गरी चालु आवभित्रै पठाउन लेखा उपसचिव गोपी चन्द्र भण्डारीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण