अन्ततः अल–नासरमै रहने भए रोनाल्डो, नयाँ सम्झौतामा हस्ताक्षर
सारांश
- क्रिस्टियानो रोनाल्डोले साउदी क्लब अल-नासरसँग दुई वर्षको नयाँ सम्झौता गरेका छन्, जसले उनी ४२ वर्षको उमेरसम्म क्लबमा रहनेछन्।
- सन् २०२२ मा म्यानचेस्टर युनाइटेड छाडेपछि अल-नासरमा आबद्ध भएका रोनाल्डोले क्लबका लागि राम्रो प्रदर्शन गर्दै आएका छन्।
- रोनाल्डोले अल-नासरका लागि १११ खेलमा ९९ गोल गरिसकेका छन् र विश्वकपमा छैटौँ पटक खेल्ने लक्ष्यमा छन्।
रियाद । क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिग क्लब अल–नासरसँग नयाँ दुई वर्षको सम्झौतामा हस्ताक्षर गरेका छन् । जसअनुसार अब उनी आफ्नो ४२औँ जन्मदिनपछि पनि क्लबमै रहनेछन्।
४० वर्षीय पोर्चुगलका कप्तानले सन् २०२२ को डिसेम्बरमा म्यानचेस्टर युनाइटेड छाडेपछि रियादस्थित क्लब अल–नासरमा आबद्ध भएका थिए। उनले क्लबप्रति आलोचना गर्दै प्रशिक्षक एरिक टेन हागप्रति ‘कुनै सम्मान छैन’ भनेपछि युनाइटेडबाट उनको बिदाइ विवादास्पद बन्यो।
रोनाल्डोको अल-नासरसँगको सम्झौता यो जुनको अन्त्यमा सकिँदै थियो र उनी क्लब छाड्न सक्ने अड्कल गरिएको थियो। तर अब त्यो अड्कल गलत साबित भएको छ। रोनाल्डोले एक्समा लेखेका छन्ः ‘नयाँ अध्याय सुरु हुँदैछ। उस्तै जोश, उस्तै सपना। सँगै इतिहास रचौँ।’
यद्यपि, रोनाल्डोको समयमा अलनासरले घरेलु लिग उपाधि थप्न सकेको छैन, पाँच पटक बालोन डि’ओर विजेताबाट क्लबले गोलको वर्षा पक्कै पाएको छ। गएको सिजनमा उनले सबै प्रतियोगितामा ४१ खेलमा ३५ गोल गरेका थिए र दोस्रोपटक लगातार लिगको शीर्ष स्कोरर बनेका थिए।
हालसम्म उनले अल-नासरका लागि १११ खेलमा ९९ गोल गरिसकेका छन् र आफ्नो करिअरमा १,००० गोलको आँकडा पार गर्ने दिशातर्फ तीव्र गतिमा अघि बढिरहेका छन्। हालसम्म उनले क्लब र देशका लागि ९३८ गोल गरिसकेका छन्।
करिब दुई साता अघि पोर्चुगललाई युएफा नेशन्स लिग जिताउन मद्दत गरेका रोनाल्डो अब अर्को वर्ष हुने विश्वकपमा छैटौँपटक उपस्थित हुने लक्ष्यमा केन्द्रित छन्, जुन सम्भावना धेरै बलियो देखिन्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
-
राप्रपाका केही पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण