प्रतिनिधि सभाले भन्यो– बजेट संशोधन भएको छैन
सारांश
- प्रतिनिधि सभाले विनियोजन विधेयक संशोधन बिना राष्ट्रिय सभामा पठाएको छ।
- अर्थमन्त्री विष्णु पौडेलले विनियोजन विधेयक राष्ट्रिय सभामा पेस गरे र छलफल भयो।
- टेक एण्ड पे सम्बन्धी व्यवस्था हटाउन कांग्रेस र सरकारबीच सहमति भएको थियो, जसले गर्दा आन्दोलन स्थगित भयो।
काठमाडौँ । प्रतिनिधि सभाले विनियोजन विधेयक (बजेट) संशोधन नभएको सन्देशसहित राष्ट्रिय सभामा पठाएको छ। बिहीबार प्रतिनिधि सभाले सन्देशसहित पठाएको विनियोजन विधेयक राष्ट्रिय सभामा टेबल भएको थियो ।
प्रतिनिधि सभाले विधेयक संशोधन नभएको भनी पठाएको सन्देशसहितको पत्रबारे बिहीबार राष्ट्रिय सभाका सचिव डा सुरेन्द्र अर्यालले बैठकमा जानकारी गराएका थिए ।
राष्ट्रिय सभाका सचिव अर्यालले पत्रको जानकारी दिएसँगै अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रिय सभामा विनियोजन विधेयक पेस गरेका थिए । विधेयक पेसपछि बसेको बैठकमा अर्थमन्त्री पौडेलले विनियोजन विधेयक माथि छलफल गरियोस् भन्ने प्रस्तावसमेत पेस गरेर राष्ट्रिय सभामा विधेयकका विषयमा सैद्धान्तिक छलफल समेत भएको छ ।
जलविद्युत आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) टेक एण्ड पेका आधारमा गर्ने बजेट वक्तव्यको बुँदा नम्बर २२७ सरकारले संशोधन गर्ने प्रतिबद्धता जनाएको थियो । असार १० गतेको प्रतिनिधि सभा बैठकमा बजेट पारित गर्नु अघि अर्थमन्त्री पौडेलले विनियोजन विधेयक पारित गर्ने क्रममा बुँदा २२७ लाख व्याख्या गर्दै त्यही अनुसार संशोधन गरिने बताएका थिए ।
उनले बैठकमा उक्त बुँदाका विषयमा भनेका थिए, ‘वित्तीय जोखिम मूल्याङ्कनको आधारमा ऊर्जा खपत र निर्यात हुने यकिन भएका, नेपाल विद्युत् प्राधिकरणले दायित्व भुक्तानी गर्न सक्ने सुनिश्चित भएका आयोजनाहरूको पीपीए गर्न सकिने’ उल्लेख गरेका थिए ।
उक्त व्याख्यासँगै विनियोजन विधेयक २०८२ प्रतिनिधि सभाबाट पास भएको थियो । बजेट पास गर्ने अघिल्लो दिन असार ९ गते कांग्रेस सभापति शेरबहादुर देउवाले बजेटबाट पीपीए सम्बन्धी व्यवस्था टेक एण्ड पे नहटाए सरकार ढल्न सक्नेसम्मको चेतावनी प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेललाई दिएका थिए। त्योसँगै प्रधानमन्त्री आली र देउवाबिच भेट गरी तत्कालका लागि टेक एण्ड पेको व्यवस्था संशोधन गर्ने सहमति भएर बजेट पास भएको थियो । शुक्रवार पनि नेपाली काँग्रेसका सभापति देउवाले चितवन पुगेर सरकारले बजेटबाट ‘टेक एन्ड पे’ व्यवस्था कांग्रेसको आग्रहमा सहज रूपमा हटाएको बताएका छन् ।
उता ऊर्जा उत्पादकहरूले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरी अर्थमन्त्री पौडेलले बजेटमा व्यवस्था गरिएको टेक एण्ड पे संशोधन गरिनु ऐतिहासिक उपलब्ध भन्दै उत्सव नै मनाई सकेको छ ।
टेक एण्ड पे व्यवस्था खारेज गर्ने घोषणा गरेका सबै आन्दोलन समेत फिर्ता लिँदै आन्दोलन स्थगित गरेका थिए । ऊर्जा उत्पादकहरूले आन्दोलन फिर्ता लिएकै दिन प्रतिनिधि सभाले राष्ट्रिय सभालाई संशोधन विना पास भएको जानकारी दिँदा संशोधन नहुने शङ्का पैदा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण