बालेन–गुरागाइँबिच ६ महिना यता बोलचाल छैन, फाइल भने धमाधम आदानप्रदान
सारांश
- काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँबीचको विवादका कारण बजेट समयमा आउन सकेन।
- मेयर शाह र गुरागाइँबीचको सम्बन्ध चिसिएका कारण दुई दर्जनभन्दा बढी फाइल आदानप्रदान भए पनि भेटघाट भएको छैन।
- कार्यपालिका सदस्य र नगरसभा सदस्यहरूले मेयरलाई कार्यपालिका बोलाउन दबाब दिए पनि बजेट आउने अनिश्चित छ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँबिचको विवादका कारण पहिलो पटक महानगरको बजेट समयमा आउन सकेन । विवादकै कारण बालेन र गुरागाइँबिच प्रत्यक्ष भेट नभएको ६ महिना नाघिसकेको छ ।
काठमाडौँ टावरको नक्सापास विवादपछि बालेन प्रमुख प्रशासकीय अधिकृतको रूपमा गुरागाइँलाई स्वीकार नगरेकै कारण विवाद बढेको हो ।
गुरागाइँलाई अस्वीकार गर्दै आएका बालेनले प्रमुख प्रशासकीय अधिकृतलाई नै सम्बोधन गरेर दुई दर्जनभन्दा बढी फाइल भने तोक लगाएर पठाएको खुलेको छ । यस्तै गुरागाइँले पनि त्यसैगरी मेयर बालेनलाई फाइल पठाइरहेका छन् ।
८ पुसबाट बिदामा बसेका प्रमुख प्रशासकीय अधिकृत गुरागाइँ २०८१ चैत २१ मा महानगरमा फर्केका थिए । त्यस लगत्तै गुरागाइँले चैत २९ को मितिमा मेयर बालेनलाई फाइल तोकका लागि सिफारिस गरेको देखिन्छ । स्रोतका अनुसार वैशाख २६ सम्म मात्रै गुरागाइँले करिब १८ वटा फाइल स्वीकृतिका लागि मेयर बालेनकोमा पठाएका छन् ।
यस्तै बालेनले पनि कतिपय फाइलहरू ‘प्रमुख प्रशासकीय अधिकृत’ भन्दै तोक लगाएर पठाएका छन् । ‘मेयर बालेनले प्रमुख प्रशासकीय अधिकृतको लागि पठाएको फाइल बोकेर कर्मचारीहरू हिँडिरहेका छन्, कहिले गुरागाइँले स्वीकृतिको लागि पठाएको फाइल बोकेर कर्मचारी बालेनकोमा गइरहेका छन् । तर अर्काबिच बोलचाल र भेटघाट छैन,’ महानगरका एक उच्च तहका कर्मचारीले ।
यस्तै हरेक महिनाको भुक्तानीका लागि प्रमुख प्रशासकीय अधिकृतले चेकमा साइन गरिहरेका छन् । ‘मेयर साब, सचिवालयदेखि सबैको तलब उहाँकै चेकमा गइरहेको हुन्छ । तर उहाँहरूबिच इगोले गर्दा बजेट चाहिँ आउन सकेन,’ ती कर्मचारीले भने ।
यसैबिच काठमाडौँ महानगरपालिकाका कार्यपालिका सदस्य र नगरसभा सदस्यहरूले अनौपचारिक बैठक राखेरै पटकपटक मेयरलाई कार्यपालिका बोलाउन दबाब दिँदै आएका छन् । तर, मेयर बालेनले हरेक पटक अहिलेका प्रमुख प्रशासकीय अधिकृत गुरागाइँसँग कुनै पनि बैठकमा सहभागी नहुने अडान राख्दै आएका छन् । सोही कारणले देशको राजधानी रहेको महानगरपालिकाको बजेट कहिले आउँछ भन्ने अझै अन्योल कायमै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण