अपडेट
एसइई नतिजा : ४८ हजार १७७ जना विद्यार्थीले ल्याए ३.६ देखि ४ जिपिए
शुक्रबार, १३ असार २०८२, १९ : ५४
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ ।शुक्रबार बसेको बोर्ड बैठकले २०८१ सालको एसइईको नतिजा सार्वजनिक गर्ने निर्णय गरेपछि नतिजा सार्वजनिक गरिएको हो ।
सार्वजनिक गरिएको नतिजा अनुसार ४८ हजार १७७ जना विद्यार्थीले ३.६ देखि ४.० जिपिए ल्याएका छन् । त्यस्तै ३.२ देखि ३.६ जिपिए ल्याउने ८१ हजार ३८५ जना, २.८ देखि ३.२ जिपिए ल्याउने ८९ हजार १२४ जना, २.४ जिपिए देखि २.८ जिपिएसम्म ल्याउने ४८ हजार ४७९ जना, २ जिपिएदेखि २.४ जिपिए ल्याउने चार हजार १२६ जना र १.६ देखि २ जिपिए ल्याउने ८ जना विद्यार्थी वर्गीकृत भएका छन् ।
१२६ जना परीक्षार्थीको परीक्षा रद्ध गरिएको बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले जानकारी दिए । १ लाख ६७ हजार ५९७ विद्यार्थीको नतिजा अबर्गिकृत भएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण