बजेट संशोधन गर्न लुम्बिनी प्रदेश कांग्रेसको निर्देशन
सारांश
- नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिले प्रदेश सरकारको बजेटमा कमजोरी औंल्याएको छ।
- कांग्रेसले बजेट संशोधन गर्न पार्टी संसदीय दलमार्फत सरकारलाई निर्देशन दिने निर्णय गरेको छ।
- बैठकमा विपदमा सरकारलाई गम्भीर हुन र कार्यकर्तालाई सहयोग गर्न निर्देशन दिइयो।
बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिले प्रदेश सरकारले ल्याएको बजेटमा कमजोरी भएको ठहर गरेको छ । सो पार्टीले शुक्रबार बजेट संशोधन गर्नका लागि पार्टी संसदीय दलमार्फत सरकारलाई निर्देशन दिने निर्णय समेत गरेको छ ।
दाङमा कांग्रेस लुम्बिनी प्रदेश समिति, जिल्ला सभापति, प्रदेश स्तरका पार्टी सङ्गठन र प्रतिनिधिहरूसहित बसेको बैठकले प्रदेश सरकारले ल्याएको बजेटमा त्रुटि देखिएको भन्दै संशोधन गर्नको लागि निर्देशन दिने निर्णय भएको प्रदेश कोषाध्यक्ष प्रकाश रानाले रातोपाटीलाई बताए।
उनले दुई दलीय सत्ता गठबन्धनको संयन्त्रलाई थप बलियो बनाउनुपर्ने विषयमा पनि व्यापक छलफल भएको बताए । प्रदेश सभापति अम्मरसिंह पुनको अध्यक्षतामा बसेको बैठकले नेपाली कांग्रेसको निर्वाचन समयमै गर्नको लागि क्रियाशील सदस्य नवीकरण तथा सदस्यता थप गर्ने कार्यलाई छिटो सक्न पनि निर्देशन जारी गर्ने निर्णय गरेको छ।
प्रदेश बजेटका सवालमा सत्तारुढ दलहरूभित्र व्यापक असन्तुष्ट देखिएको छ। नेपाली कांग्रेस लुम्बिनी प्रदेश प्रमुख सचेतक जमुना ढकालले आज सरकारले बजेट सम्बन्धी कार्यक्रम राखेका कारणले संसदीय दलको नेता एवं पार्टीको तर्फबाट मन्त्री बनेकाहरू सहभागी हुन नसक्ने जानकारी बैठकमा गराएकी थिइन् ।
बैठकमा सो पार्टीले विपदमा सरकारलाई गम्भीर भएर लाग्नका लागि आग्रह गर्ने र पार्टी कार्यकर्ताहरूले आ आफ्नो क्षेत्रमा सक्दो सहयोग गर्न निर्देशन समेत दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ७७५ ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१६ जिल्लामा प्रमुख जिल्ला अधिकारी परिवर्तन (सूचीसहित)
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण