एनजी आएका सबै विद्यार्थीले मौका परीक्षा दिन पाउने
सारांश
- एसईई परीक्षामा अनुत्तीर्ण भएका सबै विद्यार्थीले साउन २९ गतेदेखि हुने मौका परीक्षा दिन पाउनेछन्।
- राष्ट्रिय परीक्षा बोर्डका अनुसार, यस वर्ष एसईईमा १ लाख ६७ हजार ५९७ विद्यार्थी अनुत्तीर्ण भएका छन्।
- बोर्ड अध्यक्ष डाक्टर महाश्रम शर्माका अनुसार, अघिल्लो वर्ष झैँ यस वर्ष पनि सबै अनुत्तीर्ण विद्यार्थीले परीक्षा दिन पाउनेछन्।
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा फेल हुने सबै विद्यार्थीहरूले मौका परीक्षा दिन पाउने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले साउन २९ गतेदेखि हुने मौका परीक्षामा सबैले अवसर पाउने भएका हुन् ।
शुक्रबार राति सार्वजनिक गरिएको २०८१ सालको एसईई नतिजा अनुसार एक लाख ६७ हजार ५९७ विद्यार्थी फेल भएका छन् । ती फेल भएका सबै विद्यार्थीले मौका परीक्षा दिन पाउने बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले जानकारी दिए ।
२०८० सालको एसईईमा समेत एनजी आएका सबै विद्यार्थीहरूलाई मौका परीक्षाको अवसर दिइएको थियो । तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले एनजी आएका सबैलाई मौका परीक्षा दिन पाउने निर्णय गरेकी थिइन् ।
सोही अनुसार बोर्डले कानुन संशोधन गर्दै सबैलाई मौका परीक्षाको अवसर प्रदान गरेको थियो । यो पटक समेत सोही अनुसार एनजी आउने सबैले पूरक परीक्षा दिन पाउने अध्यक्ष शर्माले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण