एसईईमा पर्सा जिल्लाबाट ६७ दशमलव ५१ प्रतिशत विद्यार्थी फेल, ८ जनाले मात्रै ल्याए ४ जीपीए
सारांश
- यस वर्षको एसईई परीक्षामा पर्साका ६७ प्रतिशत विद्यार्थी असफल भए।
- पर्सामा नियमिततर्फ ३२.४९ प्रतिशत र प्राविधिक धारतर्फ १५ प्रतिशत विद्यार्थी मात्रै पास भए।
- शिक्षा विकास तथा समन्वय एकाइ पर्साका अनुसार अधिकांश विद्यार्थीको ननग्रेड आएको छ।
वीरगन्ज । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षामा पर्साका धेरै विद्यार्थी असफल भएका छन् । शुक्रबार सार्वजनिक नतिजा अनुसार जिल्लाका ६७ प्रतिशत विद्यार्थी असफल भएका हुन् ।
शिक्षा विकास तथा समन्वय एकाइ पर्साले जारी गरेको विवरण अनुसार नियमिततर्फ यो वर्ष ३२ दशमलव ४९ प्रतिशत मात्रै विद्यार्थी पास भएका छन् । एसईईमा पर्साबाट नियमिततर्फ १० हजार २३ जना र प्राविधिक धारतर्फ २१० जना विद्यार्थीले परीक्षा दिएका थिए ।
तर राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार प्रकाशित गरेको नतिजाअनुसार पर्सा जिल्लाबाट नियमिततर्फ ३२ दशमलव ४९ र प्राविधिक धारतर्फ १५ प्रतिशत मात्रै विद्यार्थी पास भएका छन् ।
शिक्षा विकास तथा समन्वय एकाइ पर्साका अनुसार एसईईमा भाग लिएका कुल नियमिततर्फका विद्यार्थीमध्ये ३२५७ जना र प्राविधिकतर्फका २१० जनामध्ये ३३ जना मात्रै पास भएका छन् ।
शिक्षा विकास तथा समन्वय एकाइ पर्साका प्रमुख हरि राउतका अनुसार अधिकांश विद्यार्थीहरूको ननग्रेड आएको हो ।
यो वर्ष पर्सा जिल्लामा १० हजार बढी विद्यार्थीले परीक्षा दिए पनि नतिजा सन्तोषजनक नआएको शिक्षा विकास तथा समन्वय एकाइ पर्साको विश्लेषण छ । सार्वजनिक नतिजा अनुसार ४ जीपीए ल्याउने विद्यार्थीको संख्या एकदम न्यून रहेको शिक्षा विकास तथा समन्वय एकाइ पर्साका प्रमुख राउत बताउँछन् ।
उनका अनुसार ८ जना मात्रैले ४ जीपीए ल्याएर पास भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कालीगण्डकी किनारलाई धार्मिक–पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न पदमार्ग निर्माण
-
इक्वेडर र कुरासाओ गोलरहित बराबरीमा रोकिए, दुवै टोलीको नकआउट चरण पुग्ने सम्भावना कठिन
-
पोखरा रङ्गशालामा सामूहिक योग कार्यक्रम (तस्बिरहरू)
-
‘ट्रिलिनेयर’हरुको युगमा लोकतन्त्र खतरामा छ
-
अन्तर्राष्ट्रिय अयनोत्सव दिवस आजः सांस्कृतिक सम्पदा र शताब्दीयौँ पुराना परम्पराको एकताको प्रतीक
-
इक्वेडर र कुरासाओबिचको खेल पहिलो हाफमा गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण